आठौं राष्ट्रिय खेलकुद अभिमुखीकरण कार्यक्रम

काठमाडौं । पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई पारदर्शी, कम लागत तथा भब्य रूपमा सम्पन्न गर्न आठौं राष्ट्रिय खेलकुद सचिवालयले सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा आठौं राष्ट्रिय खेलकुद अभिमुखीकरण कार्यक्रमको आयोजना ग¥यो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राखेपका सदस्यहरू, विभागिय प्रमुखहरूका साथै ७ प्रदेशका संयोजक, कार्यालय प्रमुख र लेखा प्रमुखहरू र राखेपका कर्मचारीहरूको उपस्थितमा आठौं राष्ट्रिय खेलकुदलाई पारदर्शी, कम लागत, विवाद रहित भब्य रूपमा सम्पन्न गर्न आई पर्ने विभिन्न कठिनाई, तथा प्रतियोगिताका लागि निर्माण गरिएको आर्थिक निर्देशिका तथा प्राविधिक बिर्षका बारेमा छलफल भएको थियो ।

उक्त कार्यक्रमका उपस्थित ब्यक्तिहरूले प्रतियोगिताका दौरान आईपर्ने विभिन्न कठिनाईलाई समाधान गर्ने र निर्देशिकामा रहेका प्रावधानहरूमा देखिएका त्रुटीहरूका बारेमा औँल्याएका थिए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव बिष्टले आठौं राष्ट्रिय खेलकुदलाई विगत भन्दा फरक ढंगले संचालन गर्न र उक्त प्रतियोगितालाई पारदर्शी, कमलागत र विवाद रहित भब्य रूपमा सम्पन्न गर्न प्रदेश संयोजक, कार्यालय प्रमुख र लेखा प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया