इनोभेटिभ फाइनलमा

काठमाडौं । आयोजक इनोभेटिभ आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेको छ । पाँच टिम सहभागी राउन्ड रोविन लिगमा इनोभेटिभले विल्सन एकेडेमीलाई ३०–११ ले पराजित गर्दै लगातार तेश्रो जित हात पा¥यो । इनोभेटिभको जितमा समन्ता थापाले १६ अंक योगदान गरिन् । इनोभेटिभ एक खेल अगावै फाइनलमा पुगेको हो । सिनियर गल्र्समै सम्झनाको १० अंक सहयोगमा स्वप्न वाटिकाले विज किड्सलाई २१–१४ ले हरायो ।

सिनियर ब्वाइजमा एचएचसीएले काठमाडौं जेभियरलाई ४२–४१, श्रीदिवाले एआईएलाई ३५–३०, रेडिअन्टले स्वप्न वाटिकालाई ४०–३५ तथा ज्ञान निकेतनले विल्सनलाई ४७–३६ ले पन्छ्याउदै क्वाटरफाइनलमा पुगे । जुनियर ब्वाइजमा नेरिकले एआईएलाई २१–१५ ले पाखा लगाउदै क्वार्टर फाइनलमा स्थान सुरक्षित ग¥यो ।

प्रतिक्रिया