प्रदेश–३ र एकको विजयी सुरुआत

काठमाडौं । प्रदेश नम्बर–३ र प्रदेश नम्बर–१ ले रामेछापमा जारी मन्थली मेयर कप सिभिल भलिबल च्याम्पियनसिपमा सुरुआत गरेका छन् ।
मन्थलीमा मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश–१ ले कर्णाली प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै विजयी सुरुआत गरेको हो । रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा प्रदेश–१ ले कर्णालीको चुनौती २५–१८, २५–२१, २५–२२ ले समाप्त पा¥यो ।

दिनको दोस्रो खेलमा प्रदेश–३ ले प्रदेश–७ लाई स्तब्ध बनायो । प्रदेश–३ ले प्रदेश–७ को चुनौती २५–२३, २५–२१ र २५–२३ ले समाप्त पारेको थियो । उक्त प्रतियोगिताको उद्घाटन संघीय सांसद श्यामकुमार श्रेष्ठले गरेका थिए । कुल ७ लाख २५ हजार पुररस्कार राशि रहेको प्रतियोगितामा ६ प्रादेशीक टोलीसहित रामेछापका तीन टोलीको सहभागिता रहेको छ ।

रामेछापका नमुनादीप युवा, शान्तिदीप युवा र प्याराडाइज युवा क्लबको सहभागिता रहेको छ । सबै टोलीमा राष्ट्रियस्तरमा परिचित खेलाडीहरू रहेका छन् । गत संस्करणमा सुदूरपश्चिमको टोलीले उपाधि जितेको थियो । शान्तिदीप युवा क्लब उपविजेत ाबनेको थियो ।

प्रतियोगितामा मन्थली नगरपालीका मुख्य प्रायोजक तथा रामेछाप नगरपालीका, सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र दोरम्बा गाउँपालीका सह–आयोजक रहेका छन् ।

प्रतिक्रिया