चौथो ओप्स खेलकुद महोत्सव- सृजना ज्ञानसागर र सेब सेमिफाइनलमा

काठमाडौं । सृजना ज्ञानसागर र सामाखुसी बोडिङ स्कुल (सेब) चौथो ओप्स खेलकुद महोत्सवअन्तर्गत फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नवीन तामाङको ह्याट्रिको मद्दतमा सृजना ज्ञानसागरले एन्जल्सहार्टमाथि ६–१ गोलको सहज जित निकाल्यो । म्यान अफ द म्याच चुनिएका नवीनले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्दा दिवस अधिकारीले २ र सुजन पाण्डेले १ गोल गरे ।

एन्जल्सहार्टका लागि सान्वना गोल बिवेक खड्काले गरे । अर्को क्वार्टर फाइनल खेलमा सेबले न्युटनमाथि ३–२ को कठिन जित निकाल्दै सेमिफाइनलमा सृजनासागरसँग भेट पक्का ग¥यो ।

 

सेबको जितमा म्यानअफ द म्याच उमेश बिक,स्वयंम श्रेष्ठ र सफलसेन ठकुरीले एक–एक गोल गरे । एन्जल्सहार्टका लागि साजन रोका र निराजन खत्रीले एक–एक गोल फर्काएका थिए ।

गोलढुंगा खेल मैदानमा भएको खेलमा सफलता हात पादै हिमरश्मी र प्रगतिले सेमिफाइनलमा भेट पक्का गरे । हिमरश्मिले मानस्लुमाथि १–० को कठिन जित निकाल्दा म्यानअफ द म्याच आशिष गुरुङले एक मात्र निर्णायक गोल गरेका थिए । प्रगतिले फेरिल्याण्डलाई २–० गोलले हराउदा म्यानअफ द म्याच पियुष गुरुङ र क्रिस श्रेष्ठले एक–एक गोल गरेका थिए । सेमिफाइनल र फाइनलका खेल सोमवारनै हुने प्रतियोगिता संयोजक राजेन्द्रप्रसाद फुँयालले जानकारी गराए ।

प्रतिक्रिया