एआइए कप बास्केटबल: एआइएको रोमाञ्चक जित

काठमाडौं । छैटौं एआइए कप अन्तर स्कुल बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजको खेलमा आयोजक एआइएले रोमाञ्चक जित निकालेको छ । बिहीबारको उद्घाटन खेलमा आयोजक एआइएले छिमेकी स्कुल इनोभेटिभमाथि २३–२० को रोमाञ्चक जित निकालेको हो ।
एआइएले खेलको अन्तिम मिनेटमा १७–२० ले पछि परेको अवस्थालाई उल्टाउँदै लगातार ६ स्कोर गर्दै नतिजा आफ्नो पक्षमा पारको थियो ।

एआइएको जितमा उत्कृष्ट खेल प्रदर्शन गरेका निश्चल बुढाथोकीले सर्वाधिक ८ स्कोर गरेका थिए । शंखमुलस्थित आयोजक अवेरनेश इन्टरनेसनल एकेडेमी (एआइए)को कोर्टमा भएको जुनियर ब्वाइजको अन्य खेलमा स्वप्नवाटिकले एसियनलाई १७–१२ र ग्रिनफिल्डले काठमाडौं इंग्लिस स्कुललाई ३८–६ को फराकिलो अन्तरले हरायो ।

सिनियर ब्वाइजमा हिमालयनले केइएसमाथि २५–२४ को कठिन जित निकाल्यो । गल्र्सको खेलमा काठमाडांै जभियरले आयोजक एआइएलाई १६–१० को स्कोरमा स्तब्ध बनायो । अर्को खेलमा रिलायन्सले एसियनलाई २६–११ को स्कोरमा रोक्यो । माघ १७ सम्म सञ्चालन हुने प्रतियोगिताको विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद अर्यालल रेफ्रिलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।

प्रतिक्रिया