‘सकारात्मक सोचका साथ काम गरौँ’

बाँके । बाँकेको खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतीले न्यायिक क्षेत्रमा काम गर्ने जो सुकै भएपनि सबैले सकारात्मक सोचका साथ काम गर्न आग्रह गरेका छन ।

खजुरा गाउँपालिकाले आयोजना गरेको मेलमिलापकर्ताहरूका लागी पुर्नताजगी तालिमलाई शनिबार समापन गर्दै उनले सो कुरा बताएका हुन । समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कक्षपतिले खजुरा गाउँपालिकालाई मुलुककै नमूूना न्याय दिने गाउँपालिकाको रुपमा स्थापित गर्न सहभागीलाई आग्रहसमेत गरेका छन ।

उनले मेलमिलापकर्ताहरूले आफूले मेलमिलाप गराउदा दुधको दुध, पानीको पानी बिना पूर्वाग्रही ढंगबाट काम गर्ने बिश्वास लिएको बताए । खजुरा गाउँपालिका उप प्रमुख तथा न्यायिक समिति संयोजक एकमाया बिकले सबैलाई अनुभूत हुने न्याय दिलाउने अभिभारा मेलमिलापकर्तामा आएको बताइन् ।

उनले खजुरा गाउँपालिकाका ८ वटै वडा एउटै यात्रामा छौं, त्यसैले एक ठाउँमा गल्ती भए सिंङ्गो पालिका नै बदनाम हुने भन्दै त्यसतर्फ सजग रहन सबैलाई आग्रह गरिन् । कार्यक्रममा सहभागीको तर्फबाट आफ्नो धारणा राख्दै जीवनाथ सापकोटा र नशिरुल निशाले तालिमले आफूहरूलाई उर्जा थपेको बताए । तालिममा गाउँपालिकाको ८ वडाबाट १५ महिला र ३५ पुरुष गरी ५० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया