सर्वोत्कृष्ट गायिकाको अवार्ड पूर्णकला बिसीलाई

काठमाडौं । लोक गायिका पूर्णकला बिसी सर्वोत्कृष्ट गायिकाको अवार्डबाट सम्मानित भएकी छन् । राजधानीमा आयोजित प्रथम एपिक राष्ट्रिय म्युजिक अवार्ड २०७५ मा ’रुँदै रुँदै तिम्रो शहर’ बोलको गीतमा सर्वोत्कृष्ट गायिकाको अवार्डबाट बिसी सम्मानित भएकी हुन् ।

सोही गीतमा उनलाई गायक मेक्सम खाती क्षेत्रिले गायनमा साथ दिएका छन् भने नरेश खाती क्षेत्रिको शब्द सृजना तथा संगीत रहेको छ । उनका आवाजमा मनछुने मौलिक गीतितिएल्बम दर्जनौंको संख्यामा छन् ।

उक्त अवार्ड सहित सम्मानित हुनुमा दर्शक स्रोताको मायाँ भएको भन्दै आयोजक टिम र भोट गरेर अवार्ड जिताउने दर्शक स्रोताप्रती गायिका बिसीले खुशी ब्यक्त गरेकी छन् । सांगीतिक क्षेत्रका विभिन्न ६६ विधामा कलाकारहरुलाई अवार्ड वितरण गरिएको थियो ।

सोही अवार्ड गायिका बिसिले १० औं अवार्ड हात पार्न सफल भएको बताएकी छन् । पूर्णकला बिसी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सदस्यमा समेत रहेकी छन् ।

ठमेल स्थित छायाँ सेन्टरमा सु सम्पन्न उक्त अवार्ड कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख अतिथि रहेका थिए । अध्यक्ष दाहालले आफु पनि गीत संगीत प्रेमी भएको दाबि गर्दै अवार्ड जित्ने सम्पूर्ण कलाकारलाई बधाई दिएका थिए ।

प्रतिक्रिया