संसदीय दलका नेता बलदेवद्वारा गाडी फिर्ता

बुटवल । नेपाली कांग्रेस प्रदेश–५ का संसदीय दलका नेता बलदेव शर्माले प्रदेशसभाले उपलब्ध गराएको सवारी साधन फिर्ता गरेका छन् । प्रदेश–५ प्रदेशसभा सचिवालयले संसदिय दलका नेता, विशेष समितिका सभापति, सचेतकका लागि १३ वटा सवारी साधन खरिद गरेको थियो । खरिद गरिएका सवारी साधनमा आर्थिक अनियमितता भएकाले विवास्पद सवारी आफूले नचढ्ने भन्दै उनले फिर्ता गरेका हुन् ।

उनले चढ्दै गरेको लु १ झ ४४७ नम्बरको गाडी प्रदेशसभा जिन्सी शाखामा चाबी र बिलबुक फिर्ता गरेको हुन । गाडी फिर्तापछि पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै पोखरेलले सार्वजनिक लेखा समितिले सवारी साधन खरिदका कागजात छानबिन गरेको भन्दै विवास्पद सवारी आफूले नचढ्ने बताए ।

सवारी साधन फिर्ता गरेपछि नेता पोखरेल ना १ ख ६८१६ नम्बरको ई रिक्सामा गएका थिए । प्रदेश–५ प्रदेशसभा सचिवालयले हालै खरिद गरेको गाडी बजार मूल्यभन्दा महंगोमा खरिद गरी आर्थिक अनियमितता गरेको समाचार बाहिर आएपछि यस अघि सार्वजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरीले लु १ झ ४४१ नंं सवारी फिर्ता गरेका छन् । अहिले उपसमितिले उक्त विषयमा छानबिन गरिरहेको छ ।

प्रतिक्रिया