सांग्रिला बैंकका अध्यक्षले लिए शपथ

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा अच्युुतप्रसाद प्रसाई चयन भएका छन् । पुस ३० गते बसेको संस्थाको २२४औं बैंठकले सञ्चालक समितिको अध्यक्षमा प्रसाईलाई चयन गरेको हो । नवनियुक्त अध्यक्ष प्रसाईले माघ १ गते नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनीयताको शपथ लिए ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लागुू भएपछि ऐनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले निर्वा्चित भएसंगै तोकीएको ढाँचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुुपर्ने व्यवस्था बमोजिम प्रसाईले शपथ लिएका हुन् । सोमबार सम्पन्न चौधौँ बार्षिक साधारण सभाले संस्थापक तथा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट ३/३ जना गरी जम्मा ६ जनालाई सञ्चालकमा निर्वाचित गरेको हो ।

प्रतिक्रिया