प्रिन्सलाई फेरि अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं । नेपाली सेनाका प्रफुल महर्थनलाई २१–१३, २१–१३ को नतिजामा हराउँदै काठमाडौंका प्रिन्स दाहालले दुर्गादेवी दुलाल सुन्दर हरैंचा स्पोर्टस् ग्राम अन्तर्राष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलको उपाधी जितेका छन् ।  पछिल्लो दुई सातामा प्रिन्सको यो दोस्रो अन्तर्रा्ष्ट्रिय उपाधी हो । उनले गत साता विराटनगरमा सम्पन्न राष्ट्रपति कप जुनियर अन्तर्रा्ष्ट्रिय ब्याडमिन्टनमा पनि यु—१९ र यु—१५ विधामा गरी दोहोरो स्वर्ण पदक जितेका थिए ।

दुर्गादेवी दुलाल सुन्दर हरैंचा स्पोर्टस् ग्रामको आयोजनामा भएको प्रतियोगिताको मिक्स युगलतर्फ सेनाका रत्नजित तामाङ र अनुमाया राईको जोडीले स्वर्ण पदक जित्यो । रत्नजित र अनुको जोडीले फाइनलमा एपिएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडीलाई २१–१९, २०–२२, २१–१६ ले पराजित गरेको थियो ।

यसैगरी भेट्रान्स युगलतर्फ पुष्पलाल स्मृती ब्याडमिन्टका विजेता धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडीले बिर्ता ब्याडमिन्टन क्लबका संजय भक्तराज र केबी गुरुङको जोडीलाई २१–१८, २१–१७ को नतिजामा हराउँदै उपाधिमा कव्जा जमाए ।

प्रतिक्रिया