सिटिजन्स बैंकको वार्षिक साधारणसभा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा। शंकरप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभाले आव ०७४/७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभामार्फत बैंक र सहायक कम्पनी सिबिआइएल क्यापिटल लिमिटेड समेतको प्रतिवेदनसहित ०७५ आषाढ मसान्तको वासलात, आव ०७४/७५ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएको छ ।

प्रतिक्रिया