बेपत्ता २ बालकको उद्धार

बाँके । ६ महिनादेखि बेपत्ता दुई बालकको भारत देहरादुनबाट उद्धार गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा न २० मदनापुरका दुई बालक साउनमा रुपैडीया हुँदै सीमला पुगेर जोखीमपूर्ण काममा संलग्न रहेका थिए ।

पत्थर फुटाल्ने काममा संलग्न १४ वर्षिय निशान्त गिरि र १५ वर्षिय कालु विकलाई शान्ति पुनः स्थापना गृह कपिलवस्तु शाखामार्फत देहरादुनबाट उद्धार गरि शनिवार परिवारको जिम्मा लगाइएको छ । पत्थर फोड्ने काममा संलग्न उनीहरुलाई त्यहाँको राजकीय बाल गृह हरिद्धारले उद्धार गरि राखेको थियो ।

शान्ति पुनसर््थापना गृहका प्रतिनिधी भूमिराज भटराई नेतृत्वको टोलीले बाल कल्याण समिती देहरादुनको समन्वयमा ती बालकलाई उद्धार गरि नेपाल ल्याएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा न २० का वडा अध्यक्ष कृष्ण कार्कीको रोहवरमा गिरिलाई आमा काली गीरि, विकलाइृ हजुर आमा मनकला सार्कीले बुझेर लिएका हुन् ।

खडा पत्थरमा काम गर्ने कालुका बुवा पप्पु विक लाई भेटने भनी हिडेका उनीहरु जोखीमपूर्ण काम गर्न बाध्य भएका थिए । जोखीमपूर्ण कामबाट सकुशल उद्धार गरि जिम्मा लगाउने टोली प्रति आभार गर्दै वडा अध्यक्ष कार्कीले आफना बालबालिकाले के कस्तो गतिवीधी गरिरहेका छन् भन्ने हेक्का प्रत्येक अभिभावकले राख्नु पर्ने आवश्यक्ता औल्याए ।

उद्धारकर्ता भटराईले सो क्षेत्रमा अन्य नेपाली बालकहरु समेत रहेको तर तिनको विस्तृत विवरण नभएका कारण समस्या भएको बताउँदै थप अध्ययन गरेर उद्धार कार्य गरिने बताए ।

प्रतिक्रिया