सडकपार गर्न कहिलेसम्म मृत्यसँग जुध्ने ?

राजधानी काठमाडौंको सामाखुसीस्थित चक्रपथमा सडक पार गर्दै गर्दा गत सोमबार माइक्रोबसको ठक्करबाट एक जना पैदलयात्रीको घटनास्थमै मृत्यु भयो भने चार जना घाइते भए । उनीहरूले जेब्राक्रसबाटै सडक पार गर्न खोज्दै थिए । सडक पार गर्ने क्रममा दुर्घटनाको शिकार हुनेहरूको संख्या राजधानी काठमाडौंमा उल्लेख्य छ । जनचेतनाको कमीका कारण जहाँतहीँबाट बाटो काट्ने प्रचलन छ । यस्तो प्रचलनले पनि दुर्घटना निम्त्याएको हो । तर, सोमबार सामाखुसीमा भएको दुर्घटनामा पैदल यात्रुको कत्ति पनि लापरबाही देखि“दैन । सडक पार गर्ने क्रममा दुर्घटना नहोस् भनेर ठाउँ–ठाउँमा जेब्राक्रसको व्यवस्था गरिएको हुन्छ । उनीहरू जेब्राक्रसबाटै सडकपार गर्दै थिए । जेब्राक्रसमै सवारी साधनले ठक्कर दिनुलाई दुर्घटना मात्रै मानिनु हुन्न । यो त चालकको हदैसम्मको लापरबाही हो । हुन त राजधानी काठमाडौंका अधिकांश सडकका जेब्राक्रस चिन्हहरू मेटिइसकेका छन् । नमेटिएका ठाउ“मा पनि धुमिल छन् । तर, सडकमा नियमित सार्वजनिक यातायातका साधन चलाउने चालकहरूलाई कहा“नेर जेब्राक्रसिङ छ ? भन्ने कुराको अग्रिम जानकारी हुन्छ । यहाँनेर जेब्रा क्रसिङ छ भन्ने अग्रिम जानकारी हुुँदाहुँदै पनि मान्छेको ज्यान जाने गरी दुर्घटना हुनुलाई सामान्य अपराध मान्न सकिन्न यो त हदैसम्मको लापरबाही हो ।

साँच्चै भन्ने हो भने पछिल्ला दिनमा राजधानी काठमाडौंका सडक पार गर्न भनेको ठूलै नदीको जंघार तर्नुजस्तै जोमिखपूर्ण हुने गरेको छ । ज्यान नै हत्केलामा राख्नुपर्ने हुन्छ । कतिवेला ज्यान जाने हो थाहै हु“दैन । राजधानीका सडक पार गर्दा हुने दुर्घटना बढ्नुमा मुख्य दोष सरकारकै हो । व्यस्त सडकहरूमा निश्चित ठाउँमा आकाशे पुलकै व्यवस्था गर्नुपर्छ । आकाशे पुल राख्न नसके पनि निश्चित ठाउ“मा जेब्रा क्रसिङका चिन्ह राख्ने र जेब्रा क्रसिङका चिन्ह नभएका ठाउ“मा रेलिङ लगाउने हो भने सडक पार गर्ने यात्रुले ज्यान गुमाउनु पर्दैन । तर, आकाशे पुल तथा रेलिङको कुरा परै छाडौ“ जेब्रा क्रसिङको पनि उचित व्यवस्था गरिएको छैन । भएका जेब्रा क्रसिङ पनि निकै लामो दुरीमा छन् । त्यसमा पनि अधिकांश जेब्रा क्रसिङ चिन्हहरू मेटिइसकेका छन् । नपत्याए सोमबार दुर्घटना भएको स्थल सामाखुसी चोकको जेब्रा क्रसिङको हालत हेरे पुग्छ । यदि, उक्त दुर्घटना गराउने माइक्रोबस चालक रिङरोडका लागि नयाँ हुन् भने यो दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ । जेब्रा क्रसिङ चिन्ह मेटिएर अस्पष्ट भएको महिनै बित्दासमेत मर्मतमा ध्यान नदिनु सरकारको चरम लापरबाही हो ।

सामान्यतया जेब्रा क्रसिङ चिन्हको आयु ६ महिना हुने गर्दछ । तर, राजधानी काठमाडौंको चक्रपथ क्षेत्रमा जेब्राक्रसिङको मर्मत नगरिएको डेढ वर्ष बितिसकेको छ । कतिपय स्थानका जेब्राक्रसिङ चिन्हहरूको त विगत ६ महिनादेखि नाम निशानासमेत छैन । राज्यको नीति निर्माण तहमा रहने कर्मचारी तथा ट्राफिक प्रहरीहरू दिनहु“जसो यही सडक भएर यात्रा गर्छन् । स्थानीय जनप्रतिनिधिहरूले पनि यो दूरावस्था सँथै प्रत्यक्ष देख्दै आएका छन् । कहिलेकाहीँ मन्त्रीहरूले समेत यही सडकमार्फत् ओहोर दोहोर गरेको देखिन्छ । तर, सर्वसाधरण पैदल यात्रुले भोग्नुपरेको यो समस्याप्रति कसैको ध्यान नजानु ठूलो दुर्भाग्य हो । विकास तथा समृद्धिका ठूला–ठूला भाषण गर्ने, रेल र पानीजहाजका कुरा गर्ने, तर नाकैमुनिको यो विकराल अवस्थाप्रति ध्यान नदिने प्रधानमन्त्री तथा मन्त्रीहरूको चरित्र आफैँमा शंकास्पद छ । जेब्रा क्रसिङ चिन्ह मेटिएको विषयमा मिडियामा समाचार आउन थालेको धेरै भइसकेको छ । यसका लागि खासै ठूलो खर्च पनि लाग्दैन । तर, पनि सरकारको ध्यान गएन । झिना मसिना कुरा भन्दै संघीय सरकारको ध्यान नगएको हुनसक्छ । तर, स्थानीय सरकारको त ध्यान जानै पथ्र्यो । काठमाडौं महानगरपालिकाको वार्षिक आम्दानी १५ अर्ब रुपैया“को हाराहारीमा छ । ४०–५० करोड रुपैया“ मात्रै खर्च गर्ने हो भने पनि काठमाडौंका व्यस्त सडकमा रेलिङ तथा जेब्रा क्रसिङको प्रबन्ध गर्न सकिन्छ तर स्थानीय जनप्रतिनिधिहरूले पनि जनताका यी समस्यामा सरोकार राखेको देखिएन ।

प्रतिक्रिया