आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल

काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्रप्रसाद पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई आयल निगम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा पौडेललाई नियुक्त गरेको मन्त्रिपरिषदले जनाएको छ ।

उक्त कार्यकारी निर्देशकमा मन्त्रालयले पौडेलसँगै तारानाथ पौडेल र अनिलकुमार झाको पनि नाम सिफारिस गरेको थियो। खुल्ला प्रतिस्पर्धाको माध्यमबाट पौडेललाइ सरकारले नियुक्त गरेको हो । पुर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानले  भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

प्रतिक्रिया