कांग्रेस संसदीय दलमा चार जना थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य थप गरेको छ । आज सभापति शेरबहादुर देउवाले ललितपुरका उमेश श्रेष्ठ, मोरङका डा डिला सङ्ग्रौला पन्त, रौतहटका देवप्रसाद तिमिल्सिना र दाङका पार्वता डिसी चौधरीलाई कांग्रेस संसदीय दलको कार्यसमितिमा सदस्य थप गरेका हुन् ।

सचिवालयका अनुसार सभापति देउवाले कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १० को उपधारा २ ९ग० बमोजिम पदमा थप गरेको जनाएको छ ।

प्रतिक्रिया