हत्यारालाई कारबाहीको माग गर्दै निर्मलाको जन्मदिनमा यज्ञ

काठमाडौँ । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै उनको जन्मदिनको अवसरमा नागरिक संघर्ष समितिले हुमन यज्ञ गरेको छ ।

पहिलादेखि आन्दोलनमा उत्रिएको संघर्ष समितिले निर्मलाको आत्मा शान्तिको कामना गर्दै मङ्सिर २६ गते जिल्ला प्रसाशन कार्यालय अगाडी यज्ञ गरेको संघर्ष समितिकी संयोजक मिना भण्डारीले बताईन् । पन्तको न्यायका लागि आन्दोलित समितिले यसभन्दा अगाडी पनि विभिन्न कार्यक्रमको घोषणा गरेको थियो ।

राष्ट्रप्रमुखहरुको सद्धबुद्धिका लागि पनि हुमन तथा यज्ञ गरिएको संयोजक भण्डारीले बताईन् । हत्यामा संलग्न भएको भन्दै निर्दोष व्यक्तिलाई सरकारले पटक पटक दुःख दिने गरेकोमा संघर्ष समितिले आरोप लगाएको छ । हत्याको १४० दिन बितिसक्दा पनि कसले हत्या गरेको सोही व्यक्तिलाई सरकारले पहिचान गरेर सार्वजनिक गरेको छैन ।

नाबालिका निर्मलाको हत्यारा पत्ता लगाउन सरकार लाचारी रही रहँदा कञ्चनपुरमा मात्रै नभई देशभरी यस्ता घटना घटिरहने सम्भावना बढी देखिंदै गएको छ । न्यायका लागि ३२ दिनदेखि धर्नामा बस्दा पनि सरकारले वास्तविक दोषीलाई पहिचान नगरेकोमा निर्मलाकी आमा दुर्गादेवी पन्तले गुनासो गरेकी छन् ।

प्रतिक्रिया