काठमाडौँ । सत्ताको नेतृत्व दल नेकपा एमालेले पनि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ । बैठकमा एमाले सांसद पदम गिरीले आजको बैठकमा खतिवडाको राजीनामा माग गरेका हुन् ।
‘यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो । प्रतिवेदनमा समितिको सभापति र सचिवको हस्ताक्षर छ,’ उनले भने, ‘हेर्ने अन्तिम दायित्व उहाँहरूको हो । जिम्मेवारी लत्याएर गैरजिम्मेवार बनेको देखियो । नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन ।’
त्यस्तै उनले समिति सभापतिसँगै सचिवले पनि पदमा रहिरहन नमिल्ने बताए । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरिडको व्यवस्थाबारे निर्णय एउटा र अन्तिममा पारित गर्ने बेलामा अर्कै बुँदा उल्लेख भएको विषयमा चर्को आलोचना र विवाद भइरहेको छ । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाले पनि खतिवडाको राजीनामा मागिरहेका छन् ।
प्रतिक्रिया