काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार शीर्ष नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल तथा वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहस्कार गरेका हुन् ।
नेकपा सचिवालय बैठक शनिबार अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो ।
बैठक बोलाइएको समयमै सुरु नभएको भन्दै नेताहरु बालुवाटारबाट हिँडेका हुन् । यसबारेमा प्रवक्ता श्रेष्ठले आफूले सँधै समयको पालना हुनु पर्नेमा जोड दिँदै आएको बताए ।
तर, नेकपा भित्र विवाद चुलिँदै गएकाले शानिबारको बहिस्कार समय मात्र नभएर अरु पनि कारण हुनसक्ने अनुमान गरिएको छ ।
यद्यपी यस बारेमा अन्य तीन नेताको र पार्टीको समेत आधिकारीक रुपमा कुनै पनि धारणा बाहिर आएको छैन ।
प्रतिक्रिया