सेन्ट जेभियर्स गोदावरीको जित

काठमाडौं । आयोजक टोलीका लागि अभिषेक लो र मानिक चौधरीले समान २ तथा सुभय मर्हजनले गोल गरे । एल्भिन महर्जनले डिएभलीका लागि गोल गरे । मानिक खेलको म्यान अफ दी म्याच घोषित भए ।

मंगलबारको अर्को खेलमा मोर्डन इन्डियन स्कुलले क्रेसेन्ट एकेडेमीलाई ३–२ ले हरायो । विजयी टोलीका लागि जेनिस दवाडीले २ र अर्को गोल रोजन बज्राचार्यले गरे । पराजित टोलीका लागि सुजल तामाङ र रेयस लामाले गोल गरे । विजयी टोलीका देवराज ढुंगाना खेलको म्यान अफ म्याच घोषित भएका थिए ।

२३ औं संस्करणको प्रतियोगिताअन्तर्गत मंगलबारको अर्को खेलमा मोरान मेमोरियल स्कुल र विद्या सस्कार स्कुलले गोलरहित बराबरी खेले । मोरानका युवराज राजबंशी म्यान अफ द म्याच भए ।

प्रतिक्रिया