टेस्ट क्रिकेटबाट हफिजको संन्यास

एजेन्सी, पाकिस्तान । उत्कृष्ट अलराउण्डर मोहम्मद हफिजले टेस्ट क्रिकेटबाट संन्यास लिएका छन् । ३८ वर्षिय हफिजले आवुधावीमा न्युजिल्यान्डसँग चलि रहेको तेस्रो टेस्ट खेल नै आफ्नो अन्तिम टेस्ट खेल हुने मंगलबार घोषणा गरेका छन् ।
सन् २००३ मा बंगलादेशविरुद्ध टेस्टमा डेब्यू गर्दै पाकिस्तानको टिममा प्रवेश गरेका हफिजले ५४ टेस्ट खेल खेलेका छन् ।

जस्मा १० शतक १२ अर्धशतक सहित कुल ३ हजार ६ सय ४४ रन बनाउदा बेस्ट स्कोर २ सय २४ रहेको छ । टेस्टमा बलिङ तर्फ हफिजले २।६६ को इकोनमिमा रन खर्चेर कुल ५३ विकेट लिएका छन् । हफिजले टेस्ट करियमा उत्कृष्ट प्रर्दशनका रुपमा ४/१६ रहेको छ ।

त्यस्तैपाकिस्तानबाट हफिजले २ सय ३ वान डे, ८९ टी–२० अन्तर्रा्ष्ट्रिय,२ सय ९ प्रथम श्रेणी र ३ सय २५ लिष्ट ए खेल खेलेका छन् । हफिजले सिमीत ओभरको खेल आगमी वर्ष इंग्ल्यान्डमा हुने वान डे विश्वकपसम्म खेल्ने इच्छा राखेको अन्तर्राष्ट्रिय स्पोर्ट्स मिडियाहरूले जनाएका छन् ।

प्रतिक्रिया