सान फ्रान्सिस्कोमा इमिग्रेशन फोरम हुने

काठमाडौं । बदलिदो अमेरिकी आप्रवासन नीतिबारे सान फ्रान्सिस्कोमा इमिग्रेशन फोरम संचालन हुने भएको छ । अनलाइन न्यूजपोर्टल, हलिउडखबर डटकमले आफ्नो दोस्रो बार्षिक उत्सवको अवसरमा आयोजना गरेको सो फोरममा न्यूयोर्कका कानून व्यवसायी बासु फुलाराले फोरम संचालन गर्नेछन ।

डिसेम्बर ९ तारिख सांझ ५ बजे स्थानिय रेस्टुरेन्ट, ‘टेस्ट अफ हिमालय’, सान लियान्द्रोमा हुने कार्यक्रममा ट्रम्प प्रशासनले अख्तियार गरेको इमिग्रेशन नीतिहरु बारे बृहद छलफल हुने फुलाराले बताए ।

‘असाइलम, इबीवान, लेबर सर्टिफिकेशन, एचवान बि, टिपिएस, एल बान र फेमिलि पिटिसन लगायतका बिषयमा यो फोरम केन्द्रित हुनेछ,’ उनले भने । फोरममा सहभागीहरुले फुलारासंग प्रत्यक्ष अन्तक्रिया र प्रस्नोत्तर गर्नसक्ने छन् । फोरममा राष्ट्रपतिको अध्यादेशबाट जारि भएको जिरो टलरेन्स पोलिसी, ग्रीनकार्डका लागी दिनुपर्न अन्तर्वार्ताको तयारि, पब्लिक बेनिफिट र ट्राभल डकुमेन्टका बारेमा पनि छलफल हुनेछ ।

‘यस फोरमबाट सहभागीले प्रसस्त लाभ लिनसक्ने हामीले बिश्वास लिएका छौं” आयोजक एवं हलिउडखबर डटकमका सम्पादक कृष्ण केसीले भने । बिगत एकदशकदेखि कानूनी पेशामा संलग्न फुलारा अमेरिकी आप्रवासन नीतिका जानकार मानिन्छन् । न्यूयोर्कको टाइम्स स्वायरमा रहेको फुलारा ला फर्मबाट सेवा प्रदान गर्दै आएका उनले निकट भविश्यमै सान फ्रान्सिस्को, टेक्सास र लसएन्जलसमा शाखा विस्तार गर्न लागेको जानकारि पनि दिए ।

दुइसत्रमा विभाजन हुने कार्यक्रमको पहिलो सत्रमा बार्षिक उत्सव मनाइने छ जसमा मिडिया फोरम पनि संचालन हुनेछ । महावाणिज्यदूत क्रृषि ढकालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेजाका अध्यक्ष सुदिप पन्त, महासचिव किरण मरहट्ठा र क्षेत्रीय संयोजक गोकुल ढकाल लगायत अन्य संचारकर्मी र स्थानिय संघसंस्थाका प्रतीनिधिको उपस्थिती रहने केसीले जानकारि दिए ।

कार्यक्रममा नेजा अध्यक्ष सुदिप पन्तले नेजा र संचार मिडियाहरुको संबन्धको बिषयमा र निवर्तमान महासचिव तोया दाहाल र बरिष्ठ पत्रकार रवि अधिकारीले नेपाली पत्रकारिता बिगतदेखि बर्तमान बिषयमा प्रस्तुति दिनेछन् ।

प्रतिक्रिया