अमर गायक नारायण गोपाल

काठमाडौं । नेपाली सांगीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उनँको नाम आज पनि उत्तिकै अमर छ ।

‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भनी भन्नुप¥या छ, मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकै छु बिथोल्न नआउ’, ‘यो मुटुलाई कसरी सम्झाइ बुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १ सय ३७ लोकप्रिय गीत दिन सफल नारायण गोपालले आफ्नो जीवनकालमा जति गीत गाए, सबै गीत त्यति नै उचाइका छन् ।

२०१६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरे र त्यही वेलादेखि नै उनले आफ्नो सांगीतिक यात्र सुरु गरेका थिए । सबैभन्दा पहिला उनले साथी माणिकरत्न स्थापितको घरमा बसी उनका काका सिद्धिरत्न स्थापितसँग हिन्दी गीत गाउन सिकेका थिए । पहिलोपटक उनले त्रिचन्त्र क्याम्पसको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा तबला बजाएका थिए ।

उनका समकालीन अम्बर गुरुङले आफ्नो एक अन्तवार्तामा नारायण गोपालका बारेमा भनेका छन्, ‘नारायण गोपाल धेरै पिउँथे, उनी खुला हृदयले गाउँथे र सबैलाई हसाउँथे पनि । उहाँको गीत जति उचाइमा छ, उहाँको मूर्तिको पनि कुनै मूल्य छैन ।’ उनलाई स्वर सम्राटको उपमा दिइरहँदा स्वयं उनी आफूलाई स्वरसम्राट भन्न नरुचाउने व्यक्तित्व थियोे ।

‘यो सम्झिने मन छ, म बिर्सुं कसोरी
तिमी नै भनिदेउ ए।। जाने निठुरी’

दिनेश अधिकारीको रचनामा नारायण गोपालले गाएको यस गीतमा पंकज सिग्देलले संगीत दिएका थिए । आजभोलिका गायकले शब्दको चयन नै नगरी गाएजस्तो उनको स्वभाव नरहेको संगीतकार बुलु मुकारुङ बताउँछन् ।

‘उहाँलाई कुनै शब्द मन नपरे, त्यो गीत गाउनुहुन्नथ्यो, त्यसैले कसै कसैले उहाँलाई घमण्डी गायक पनि भन्थे, यथार्थमा उहाँ त्यस्तो हुुनुहुन्न थियो’, मुकारुङ थप्छन्, ‘उहाँ बढी साहित्य जोडिएका गीत गाउन नै रुचाउनुहुन्थ्यो ।’ उनलाई कतिपयले बढी पिउने गायक पनि भन्ने गर्छन् । तर, यथार्थमा उहाँलाई बद्नाम गराउन खोज्नेले त्यस्तो उपमा दिएको उनी बताउँछन् । ‘आजभोलि नपिउने त को नै होलान् र १’, उनले आक्रोश पोखे ।

नारायण गोपालको भेट दार्जिलिङ यात्राका क्रममा त्यहाँका संगीतकार तथा गीतकार गोपाल योञ्जनसँग भएको थियो । योञ्जनसँगको भेटले उनको जीवनमा नयाँ मोड लिएको थियो । भेटघाटकै क्रममा उनीहरूको मितेरी साइनोसमेत जोडिएको थियो ।

नारायण गोपालले धेरैजसो योञ्जनका गीत नै गाएका थिए । उनलाई सीमा बाहिरका गीत पनि गाउने पहिलो गायकका रूपमा लिइने गरिन्छ । योञ्जनसँगै उनले आसामका हरिभक्त कटुवालका गीतसमेत गाएका थिए ।

‘जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ’ बोलको गीत उनले गाएका थिए । दाजिलिङ यात्राका क्रममा नारायण गोपालको भेट पेमला लामासँग पनि भएको थियो । त्यो भेटघाटले प्रेमको रूप लिई विवाहसमेत भएको थियो ।

पेमलासँगको प्रेमपछि विवाहका लागि प्रस्ताव राख्दा परिवारले नमानेपछि उनको परिवारिक सम्बन्धमा केही चिसोपना आएको थियो । जसका कारण उनी र श्रीमती परिवारबाट छुट्टिएर बस्नुपरेको थियो । उनी निःसन्तान भए पनि उनी पारिवारिक कारणबाट कहिल्यै निराश भएनन् ।

प्रतिक्रिया