चितवनले भित्र्यायो इंग्लिस खेलाडी

काठमाडौं । इंग्ल्यान्डका क्रिकेटर जोहन सिम्पसनले टिभिएस एभरेस्ट प्रिमियर लिग ९इपिएल० टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । विकेट किपर तथा ब्याट्सम्यान सिम्पसनले आगामी मंसिर दोस्रो साताबाट आयोजना हुने इपिएलमा चितवन टाइगर्सबाट खेल्ने भएका हुन् । चितवनले बुधबार प्रेस विज्ञप्ति निकाल्दै सिम्पसनलाई अनुबन्ध गरेको जनाएको छ ।

इपिएल आगामी मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियम बनाएको छ । जस अनुसार सिम्पसनलाई अनुबन्ध गरेको हो । अनुबन्धको रकम भने खुलाइएको छैन ।

निकै अनुभवी खेलाडी सिम्पसनले ९४ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन् । ३० वर्षीय सिम्पसन इंग्ल्यान्डको यू–१९ टोलीका पूर्वसदस्य हुन् । सिम्पसनले लंकाशायर र मिडलसेक्सबाट खेल्दै १ सय ४० फस्ट क्लास र ८४ लिस्ट ए क्रिकेट खेलेका छन् । यसअघि चितवनले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई अनुबन्ध गरिसकेको छ ।

प्रतिक्रिया