महिला हिंसाबिरुद्ध अभियान

कास्की । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक परनिर्भरताका कारण महिलामाथि हिंसा बढेकोे बताएकि छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले महिला आर्थिक रूपमा सवल र सक्षम नभएसम्म हिंसा नरोकिने बताएकी छन् ।

उनले भनिन् , “महिला आर्थिक रूपमा परनिर्भर भएकै कारणले विभिन्न शारीरिक र मानसिक हिंसाको चपेटामा परेका छन् । उनीहरुको आर्थिक सवलीकरणका लागि व्यावसायिक तालीम जरुरी छ । उनले तालीमका लागि तालीम नभई जीवनस्तरमा परिवर्तन ल्याउने खालको तालीम सञ्चालन गर्ने तयारी भइहेको बताईन् ।

मोबाइल एप्सबाट कस्तो तालीम आवश्यक भन्ने बारेमा सर्भे गरिरहेको उनले जानकारी दिईन् । उनले सामाजिक विकास मन्त्रालयमा रु चार करोड ३२ लाख स्वरोजगार कार्यक्रमका लागि बजेट रहेको जानकारी दिईन् ।

प्रतिक्रिया