ओभरलोड बोक्ने सवारिमाथि निगरानी, ८ वटा टिप्पर नियन्त्रणमा

बासुदेब गिरी, प्युठान । ट्राफिक प्रहरीद्धारा क्षमता भन्दा बढी भार बोकेर सडकमा गुडेका ट्रीपर माथी कारवाही शुरु गरिएको छ । सड्कमा सड्कमा ओभरलोड बोकेर गुडने टिप्परहरुले सामान ओसारपोसार गर्ने गरेको भन्दै ट्राफिक प्रहरीले नियमनमा कडाई गरेको हो । ओभरलोड मालसामान बोक्दा वढी फाईदा हुने भएकाले ट्रीपर चालकहरुले क्षमता भन्दा वढी सामान बोक्दै आएका छन् ।

क्षमता भन्दा वढी सामान बोकेर बाटोमा गुड्ने सवारी साधनले वढी दुर्घटना भएको र प्रतिकुल वातावरण गराउने र बाटोको आयु समेत ह्रास हुँदै गएकोले कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

क्षमता भन्दा बढी भारका सवारीलाई पटक पटक नियन्त्रण गर्न आग्रह गरेपनि समस्यामा कमी नआएपछि यस्तो कदम चालिएको डिएसपी बुढाथोकीको भनाई छ । ओभरलोड हालेर सडकमा टिपर नगुडाउन चुनढुंगा कम्पनीलाई धेरैपट्क सम्झायौ उनले भने कम्पनीले सुझाब ग्रहण गरेन।

जिल्लाको नौबहिनी गाउपालिकाको लुप्लुङमा शुभश्री अग्नि सिमेन्टले संचालन गरेको चुनढुंगा खानिबाट चुनढुगा बोक्ने सवारी साधनमाथि कारवाही थालेको उनले बताए । अधिकाश टिपरले आवास्यक कागजपत्र समेत नबोकेको पाईयो उनले भने। ट्राफिक नियम विपरीत संचालन भएका सवारीप्रति प्रहरीले निगरानी बढाएको ट्राफिक प्रहरी प्रमुख छविलाल ढकालले बताए ।

प्युठान प्रहरीले नियम उलङ्घन गर्ने ८ वटा टिप्परलाइ नियन्त्रणमा लिई आवश्यक कार्वाही गरिएको र १५ वटा ट्रीपरलाई भवर तथा ओभरलोड भएकोले गन्र्तव्यमा पुग्न नदेई सामान झार्न लगाईएको हो । प्युठान भालुवाङ सडक खण्ड्अन्तर्गत बाग्दुला, विजुवार, चकचके, देविस्थान, बडडाडा र दर्भानमा ओभरलोडका टिप्पर रोकेर सडक किनारामै चुनढुंगा चेकजाँच सगै अनलोड गर्न लगाईएको हो ।

चालकले ट्राफीक नियम पालना नगर्ने, ओभरलोड बोक्ने, गाडीको सिट क्षमता भन्दा वढी यात्रुहरु राख्ने, मदिरा सेवन गरि तीव्र गतिमा गाडी चलाउने, आवश्यक कागजाँत विनानै गाडी चलाउने चालकलाई कडाई गरिने प्रहरी प्रमुख वुढाथोकीले बताए । अब हामी यस्ता खालका गतिविधि गर्ने प्रति ठाउँका ठाउँ कावार्ही गर्ने उनले बताए ।

भालुवाङ– प्युठान सड्कमा १ एक्सल बराबर १० टन लोड बोकेर हिड्न मिल्ने क्षमता रहेको छ । यस सडकखण्डमा दिनहु दर्जनौ टिप्परहरु चुनढुंगा बोकेर आवत जावत गर्छन । टिप्परहरु ले क्षमता भन्दा दोब्बर सम्म लोड बोक्दा दुर्घटनाको जोखिम सँगै सडकको अबस्था समेत नाजुक बन्दै गएको छ ।

टिप्परको ओभरलोडले सडक जीर्ण बन्दै गएको स्थानीयको आरोप छ । जिल्लामा ट्राफीक जनशक्ति कमि भएपनि भएको जनशक्तिलाई प्रयोग गरि ट्राफिक नियमलाई पालना गराउँन लागि परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया