एएफसी कपको ‘ड्र’ सार्वजनिक

काठमाडौं । एएफसी कप फुटबलको समूह चरणको ‘ड्र’ सार्वजनिक भएको छ । एसियन फुटबल फेडेरेसन एएफसीले बिहीबार सन् २०१९ को एएफसी कपका लागि समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो ।

एएफसीले निकालेको ‘ड्र’ अनुसार नेपालको ‘ए’ डिभिजन लिग विजेता क्लब समूह ‘इ’ मा परेको छ । जहाँ भारत, बंगलादेश र प्ले अफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछन् । भारतबाट भने मिनेर्भा पन्जाबले खेल्दा बंगलादेशबाट खेल्ने टोलीको तय भएको छैन ।

एएफसी कप खेल्ने नेपाली क्लबको तय भएको छैन । राजधानीमा जारी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेताले खेल्नेछ । नेपालबाट अघिल्लो पटक थ्री स्टारले प्रतिस्पर्धा गरेको थियो । एएफसीले ३६ राष्ट्रका लिग विजेता क्लबलाई ९ समूहमा विभाजन गरेर ‘ड्र’ सार्वजनिक गरेको हो ।

प्रतिक्रिया