श्रीलंका विरुद्धको टेस्ट शृंखला इंल्यान्डको पोल्टामा

केन्डी । इंङल्यान्डले श्रीलंका विरुद्धको दोस्रो टेस्टमा आइतबार ५७ रनको जित निकाल्दै तीन खेलको शृंखला आफ्नो पक्षमा पारेको छ ।

पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेटमा मैदानमा भएको पाँचौँ दिनको खेलमार्पmत घरेलु टोलीलाई स्तब्ध बनाउँदै इङ्ल्यान्डले १७ वर्षपछि उसैको मैदानमा श्रीलंका विरुद्धको शृंखलामा जित निकाल्यो । गाल्लेमा भएको पहिलो टेस्टमा पनि इंल्यान्डले २ सय ११ रनको जित निकालेको थियो ।

आइतबारको अन्तिम तथा पाँचौँ दिनमा इङ्ल्यान्डले जित निकाल्न ३२ मिनेट समय मात्र लगायो । अन्तिम दिन जितका लागि श्रीलंकालाई ७५ रन आवश्यक हुँदा ३ विकेटमा मात्र हातमा थियो । चौथो दिनको खेल सकिँदा ३ सय १ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २ सय २६ रन बनाएको थियो ।

अन्तिम दिन पनि इंल्यान्डका स्पिनर हाबी भएपछि श्रीलंकाले थप १७ रन मात्र जोड्न सफल भयो । अन्तिम दिन मोइन अलिले थप दुई विकेट र ज्याक लिचले एक विकेट लिए । दोस्रो इनिङमा मोइनले ४ विकेट र ज्याकले ५ विकेट लिएपछि इङ्ल्यान्डको सहज जित सम्भव बनेको थियो ।

आइतबार निरोसन डिकवेलाले व्यक्तिगत २७ रनबाट खेल सुरु गरेको थिए । थप आठ रन जोडेपछि निरासन पनि आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका सुरङ्गा लकमल शून्यमै र मालिन्दा पुष्पकुमारा १ रनमा आउट हुँदा श्रीलंका समेटियो । अकिला धनन्जय भने ८ रनमा नटआउट रहे ।

श्रीलंकाको आशाका रूपमा रहेका निरोसनलाई ३६ रनमा इंल्यान्डका बलर अलिले बेन स्टोक्सद्वारा क्याच आउट गराएका थिए । दुई बलपछि नै कप्तान सुरङगालाई पनि अलिले नै बोल्ड गरे । दशौँ विकेटका रूपमा ज्याकले पुष्पकुमारालाई आउट गरेपछि श्रीलंकाले सन् २००१ म पछि पहिलोपटक घरेलु मैदानमा इङ्ल्यान्डसँगको शृंखलामा गुमाएको हो ।

इंल्यान्डका कप्तान जोए रुट म्यान अफ दी म्याच घोषित भए । उनकै १ सय २४ रनको शतकीय इनिङको मद्दतबाट इंल्यान्डले दोस्रो इनिङमा ३ सय ४६ रन बनाएको थियो । रुटकको शतककै मद्दतबाट इंल्यान्डले पहिलो इनिङको समाप्तिमा ४६ रनले पछाडि परेको अवस्थालाई पुर्ति गरेको थियो ।

‘समग्र खेलको प्रदर्शन हेर्दा हामीले निकै राम्रो खेल्यौँ,’ कप्तान रुटले भने,‘सबैले दबाब मुक्त भएर खेले । श्रीलंकाले पनि राम्रो खेलेको थियो । तर, हाम्रो धैर्यताले सहज जित निकाल्न सक्यौँ ।’

प्रतिक्रिया