महिला टी –२० विश्वकपमा पाकिस्तान पराजित

काठमाडौं । महिला टी –२० विश्वकप क्रिकेटको समूह बी कै अर्को खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५२ रनले पराजित गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेटको नोक्सानीमा १ सय ६५ रन जोडेको थियो । ओपनर खेलाडी एलेसा हेले र बेथ मुनीले ४८–४८ रन जोड्दै अष्ट्रेलियालाई बलियो सुरुआत दिलाएका थिए ।

कप्तान मेग लेनिङले ४१ रन जोडेपछि पाकिस्तानलाई ठूलो लक्ष्य दिन सफल भएको थियो । १६६ रनको लक्ष्य लिएर मैदान आएको पाकिस्तान ८ विकेटमा ११३ रन जोड्दा खेल सकिएको थियो ।

पाकिस्तानका लागि बिस्मा मारुफले सर्वाधिक २६ रन बनाउँदा उमिमा सोहली र साना मिरले २०–२० रन बनाएका थिए । मेगान सुट जियोरिहा वारेहमले दुई दुई विकेट लिएका थिए ।

प्रतिक्रिया