निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामाः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने बताएका छन । बिहीवार रिपोर्टस क्लवले आयोजना गरेको देउसीभैलो कार्यक्रमपछि बोल्दै गहमन्त्री थापाले निर्मलाको अपराधिहरुलाई कानुनी कठघरामा छिट्टै आउने दावी गरे ।

‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । जबरजस्तीकरणी गर्ने, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरुलाई कारबाही भइरहेको छ’ निर्मलाको बलात्कारी र हत्या पनि कानूनको कठघरमा ल्याउँछौं’ उनले भने ।

सथै उनले फरक प्रसंगमा सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ प्रस्तुत हुने समेत बताए ।

‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ’ उनले भने । अहिले सरकारले देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु ती अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलाइरहेका छौँ, गृहमन्त्री थापाले भने ।

प्रतिक्रिया