विद्यार्थी संगठनले गरे आईजीपी बर्खास्तीको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियुले (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बर्खास्तीको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ ।

प्रतिनिधिसभा सदस्य तथा अनेरास्ववियुको अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार दिउँसो गृहमन्त्रालयमा गई थापालाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनाललार्इ बर्खास्त गर्न माग गरेका हुन् ।

दुर्इ भातृ संगठनले जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालार्इ प्रभावकारी बनाउन असक्षम भएको भन्दै प्रहरी प्रमुखलार्इ तत्काल बर्खास्त गर्नु पर्ने बताएको छ ।

निर्मला पन्त बलात्कार र हत्या प्रकरणका मूल कारक बम दिदीबहिनी, एसपी र दसी प्रमाण मेट्ने अन्य प्रहरीमाथि पनि अनुसन्धान केन्द्रीत हुनु पर्ने माग उनीहरुले गरेका छन् ।

उनीहरूले निर्मला हत्याकाण्डको छानविन समितिले निलेको निष्कर्ष सार्वजनिक गर्न समेत माग गरेका छन् ।

ज्ञापान पत्र

प्रतिक्रिया