गिट्टी कुट्दै दसैँ खर्च जुटाउँदै

बझाङ । दसैँ तिहार तथा चाडबाड नजिकिँदै गर्दा यतिखेर बझाङका दुर्गम बस्तीका विपन्न परिवारका महिलाहरू गिट्टी कुट्दै आर्थिक जोहो गर्न थालेका छन् ।

चाडबाड मनाउन आर्थिक अभाव भएसँगै ग्रामीण भेगका विपन्न परिवारका महिलाहरू सेती नदी किनारमा गिट्टी कुट्न थालेका हुन् । गिट्टी बिक्रीबाट आएको पैसाले दसैँ तिहार तथा अन्य चाडबाडमा खर्च चलाउने विपन्न महिलाहरूले जानकारी दिएका छन् ।

‘खान जिउन मुस्किल छ घरमा पतिको कुनै रोजगारी छैन त्यसैले दसैँ खर्च जुटाउन गिट्टी कुट्न बाध्य भएकी छु ।’

ग्रामीण भेगका विपन्न महिलाहरूको आयस्रोत अन्य कुनै पनि नभएपछि गिट्टी कुट्नुपरको उनीहरूको गुनासो रहेको छ । प्रतिबोरा गिट्टीको ६० देखि सयसम्म पाउने गरेको विपन्न महिलाहरूले जानकारी दिएका छन् ।

सेती नदी र बाउलीखोला किनारमा यतिखेर चार दर्जन बढी ग्रामीण भेगका विपन्न महिलाहरू गिट्टी कुटन थालेका छन् । धेरै दुःख गरेर कुटेको गिट्टी बिक्री गर्दा उचित मूल्य पाउन नसकेको विपन्न महिलाहरूको गुनासो रहेको छ ।

बाउली खोला किनारमा सुर्मा गाउँपालिका–३ की जौमती बोहराले भनिन्, ‘खान जिउन मुस्किल छ घरमा पतिको कुनै रोजगारी छैन त्यसैले दसैँ खर्च जुटाउन गिट्टी कुट्न बाध्य भएकी छु ।’

बझाङका कतिपय विपन्न महिलाहरूको पेसा नै गिट्टी रहेको छ । एक सातादेखि निरन्तर गिट्टी कुट्दै आएका विपन्न महिलाहरूले चाडबाडका वेला छोराछोरीलाई लत्ताकपडा र आवश्यक सामग्री खरिद गर्ने सोच बनाएको जानकारी प्राप्त भएको छ । बझाङका अधिकांश विपन्न महिलाहरू आम्दानीको कुनै पनि स्रोत नभएपछि गिट्टी कुट्न बाध्य भएका छन् ।

प्रतिक्रिया