माचुसिमाको राष्ट्रिय प्रतियोगिता


काठमाडौं । नेपाल माचुसिमा क्योकुसिन कराते संघको आयोजनामा प्रथम माचुसिमा कप राष्ट्रिय जुनियर क्योकुसिन कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलामा १ गरी ६ स्पर्धामा ५३ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष एवं ब्रान्च चिफ राजकुमार गुरुङले जनाएका छन् ।

एकदिने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित पुष्पसदन स्कुलमा हुनेछ ।

प्रतिक्रिया