रिचार्जरले ल्यायो फिर्ता योजना

काठमाडौं । आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘ट्राइ फस्ट बाइ लेटर, मन नपरे फिर्ता’ योजना ल्याएको छ । जसअन्तर्गत रिचार्जर एपको माध्यमबाट लुगा तथा जुत्ता खरिद गर्ने क्रममा आफूसँग आएको सामान मन नपरे फिर्ता गर्न सकिने रिचार्जरले जनाएको छ ।

ग्राहकहरूले सामान अर्डर गरेर ट्राइ गरेपछि मन नपरेको खण्डमा तत्कालै उक्त सामान फिर्ता गर्न सक्नेछन् । ‘रिचार्जरबाट सामान अर्डर गरेपछि पाएको सामान मन नपरेर फिर्ता गर्दा कुनै किसिमको रकम तिर्नुपर्दैन ।’ रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने ।

प्रतिक्रिया