विमान दुर्घटना, १७ को मृत्यु

यिरोल । दक्षिणी सुडानमा हवाइजहाज दुर्घटना हुँदा मृत्यु भएका १७ जनाको शव भेटिएको छ । आइतवार जुवा अन्तर्राष्ट्रिय एयरपोर्टबाट २२ यात्रु लिएर यिरोलका लागि उडेको हवाइजहाज सुडानकै एक नदीमा खसेको हो ।

३ जनाको भने जीवितै उद्धार गरिएको छ भने २ जनाको अवस्था हालसम्म अज्ञात रहेको छ । घाइते भएकामध्ये एक इटालीका डाक्टरसमेत रहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेको यिरोलकै अस्पतालमा उपचार भइरहेको त्यहाँका सूचना राज्यमन्त्री तवान अवेलले जानकारी दिएका छन् ।

सन् २०१५मा समेत जुवाबाटै उडेको एक कार्गाे विमान एयरपोर्टबाट उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा दर्जनौँ यात्रुहरूले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया