रोमान्स गर्दै सारुक र साम्राज्ञी

काठमाडौं । रेनसा वान्तवा राईले निर्देशन गरेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को नयाँ गीत ‘जुरायो जुरायो…’ भिडियो सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ ।

गायक राजेश पायल राई र गायिका मेलिना राईको आवाज रहेको उक्त गीतको भिडियोमा विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । भिडियोमा चलचित्रका मुख्य दुई पात्र सारुक ताम्राकार र साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय छ ।

आउँदो ५ असोजबाट प्रदर्शनमा आउने तयारीमा रहेको उक्त चलचित्रमा सारुक, साम्राज्ञीसँगै, विजय लामा, अर्जुन श्रेष्ठ, डेब्यु अभिनेता धीरज मगर लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया