विजय र सिकास एसियन रेफ्री तालिममा

काठमाडौं । नेपाल भलिबल संघका राष्ट्रिय रेफ्रिद्वय विजयकुमार केसी र विकास गुरुङ एसियन रेफ्री क्यान्डिडेटको कोर्षका लागि मंगलबार बैंकक प्रस्थान गरेका छन् ।

केसीले विभागीय टोलीका तर्फ बाट तालिममा सहभागिता जनाएका हुन् । उनी सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकको पदमा कार्यरत रहेका छन् ।

विकास गुरुङ पब्लिकको तर्फ बाट तालिममा सहभागिता जनाएका हुन् । नेपाल भलिबल संघको अनुरोध एसियन भलिबल महासंघको निमन्त्रणामा २० देखि २६ भाद्रसम्म रेफ्री कोर्ष सञ्चालन हुनेछ ।

प्रतिक्रिया