‘लालाबाला’ टोली पोल्यान्डमा

काठमाडौं । पोल्यान्डको गोलोनियोमा हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै ‘लालाबाला’ १० का बालकलाकार सहभागी हुँदैछन् ।

रंगकर्मी टंक चौलागाईंको संयोजनमा उक्त टोली अहिले थिएटर ड्रामाको ‘द ह्युमन मोजाइक’ अन्तर्राष्ट्रिय महोत्सवमा भाग लिन पोल्यान्ड पुगेको छ । विश्वका २४ देशबाट सहभागिता रहने महोत्सवमा सहभागी हुन ‘हिरोज् डोन्ट कम’ नाटकका लेखक तथा निर्देशक प्रकेश सिन्धुलीय र महिला शिक्षकसहित अन्य १० जना गोलोनियोमा अभ्यास गरिरहेका छन् । लालाबालाको टोलीलाई काठमाडौं प्रज्ञा कुञ्ज स्कुलको सहकार्यमा स्कुल थिएटर नेपालले दुई हप्ते भ्रमण गराएको हो ।

महोत्सवमा सिजन बस्नेत, दीप्सना चौधरी, अरबिन खड्का, अभिनित चौलागाईं, प्रेक्षा कार्की, सार्थक श्रेष्ठ, कश्यप ज्ञवाली, अद्वैत थापा, उदिती मण्डल र शिविका खड्काले प्रस्तुति दिने रंगकर्मी टंक चौलागाईंले जनाए ।

प्रतिक्रिया