महत्वकांक्षी योजना हस्तान्तरणकाे तयारीमा एनआरएनए

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबर महिनामा हुने ‘एनआरएनए डे’ का अवसरमा महत्वपूर्ण परियोजनाहरु निमार्ण सम्पन्न गरी हस्तान्तरण गरिने भएको छ ।

विश्वभरी छरिएर रहेका नेपालीहरुको सहकार्यमा निमार्ण गरिएको एनआरएनएको महत्वपूर्ण परियोजना मध्ये भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकमा निमार्ण गरिएका ५ सय ७० घर सहितको नमुना वस्ती स्थानियलाई हस्तान्तरण गरिन लागेको हो ।

टोकियोमा नेपाली सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा एनआरएनए अध्यक्ष भवन भट्टका अनुसार लाप्राक वस्ती निमार्णको कार्य हाल तिव्र गतिमा भईरहेकाले एनआएनए डे कार्यक्रम पूर्व कुल पाँचसय ७३ घर मध्ये तीन सय ५२ घर पूर्ण तयारी भईसक्ने र बाँकी घरहरुपनि केही समय भित्र सम्पन्न गर्ने गरी कार्य भईरहेको जानकारी दिए ।

वर्षाका कारण तत्काल रोकिएको निमार्णको काम नेपाल आर्मीका १ सय ५ जवान सहित ७५ जना स्थानियसहितको टोलिेले गरिरहेको छ । यसका लागि थप ३ सय कामदारको टोलिले नमुना वस्तीलाई दशैं अघि नै सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिए । भवन निमार्णका लागि नेपाल आर्मीका थप जवान तथा तालिमका लागि घर बनाउन खटिने करिब ३ सयको टोलीले निमार्णका सम्पूर्ण काम सक्ने अध्यक्ष भट्टले दाबी गरे ।

वर्षातका कारण रोकिएको काम यसै साताबाट सुचारु गरीएको र आगामी दुई साता भित्र ३ सय ५० घरको काम पूर्ण रुपमा सकिने उनले जानकारी दिए ।

एनआरएनए भवन, सिन्धुलीगढी परियोजना र शंखमुल पार्क पनि सम्पन्न गरिने, यसैगरी अध्यक्ष भट्टले बहुप्रतिक्षित एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको बालुवाटारमा निर्माणाधिन भवन पनि एनआरएनए डे अवसरमा उदघाटन गरिने तयारी रहेको जानकारी दिए ।

चार तल्ले भवन मध्ये चौथो तल्लामा कार्यालय रहनेको र उक्त भवनलाई व्यवसायिक कम्पनीहरुसँगको सहकार्यमा भाडामा दिने गरी तयारी भईरहेको अध्यक्ष भट्टले बताए ।

यस्तै एनआरएनए डे कै अवसरमा अध्यक्ष भट्टले घोषणा गरेका ऐसिहासिक सिन्धुलीगढी परियोजनालाई पनि सम्पन्न गरी हस्तान्तरण गरिने, शंखमुल पार्कमा निर्माणधिन शंखमुल पार्क स्थानिय क्लवलाई हस्तान्तरण गरिने छ । यस्तै एनआरएनए डे अवसरमा एनआरएनए प्रसिडेन्सीयल अवार्ड अन्र्तगतको पर्यटन प्रवद्धनका भिडियो प्रतियोगितामा सहभागी ११० मध्ये उत्कृष्ट तीनलाई एक–एक लाख नगद सहित पुरस्कृत गरिने तयारी गरिएको छ ।

यसैगरि ‘नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको भूमिका’ विषयमा देशव्यापी अन्तरविद्यालय स्तरिय निवन्ध प्रतियोगिता संचालन गरी पुरस्कृत गरिने छ । सोही अवसरमा राष्ट्रिय स्तरको डण्डिवियो प्रतियोगिता समेत आयोजना गरिने छ ।

यस्तै एनआरएनए अध्यक्ष भट्टले हालै धार्मिक तथा पौराणिक महत्वको जनकपुरको जानकी मन्दिरको रंगरोकन तथा सजावट कार्य सम्पन्न गरी आगामी विवाह पन्चमी अवसरमा हस्तान्तरण गरिने जानकारी दिए ।

प्रतिक्रिया