बिम्स्टेकका सबै पाहुना काठमाडौं आइ पुगे (फोटो)

काठमाडौं । बिम्स्टेक सम्मेलनमा सहभागी हुन आज (बिहीबार) तीन देशका प्रधानमन्त्री काठमाडौं आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान वचा बिहीबार काठमाडौं आइपुग्ने पाहुना हुन् ।

उनीहरुलाई त्रिभूवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । मोदी प्रधानमन्त्री भएपछि चौथोपटक नेपाल आएका हुन् । भारतीय वायुसेवाको विशेष विमानमार्फत उनी काठमाडौं आइपुग्दा विमास्थलका सबै उडान १५ मिनेट अगाडिबाट बन्द गरिएको थियो ।

म्यान्मारका राष्ट्रपति बुधबारै काठमाडौं आइपुगेका थिए ।

 

प्रतिक्रिया