यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

बुटवल । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहारको आरोपमा प्रिन्सिपल तोयाराम पौडेल पक्राउ परेका छन् । पौडेल बुटवल–११ नहरपुरस्थित ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल हुन् ।

उनलाई छात्रालाई दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलले बुधबार दिउसो नियन्त्रणमा लिएको हो । स्कुलको होस्टेलमा बस्ने कक्षा १० कि छात्रामाथि अभद्र ब्यवहार गर्ने, गोप्य अंगहरु छुने, राति एक्लै बोलाएर बलात्कारको प्रयाससम्म गर्ने गरेको आरोप अभिभावक र स्थानीयले लगाएका छन् ।

ती छात्राले आफ्ना आमाबुबासंग प्रिन्सीपल पौडेलले गरेको दुर्ब्यवहार बारेमा बताएपछि बुधबार स्थानीयले विहानैदेखि विरोध प्रदर्शन र नाराबाजी गरेका छन् । स्थानीयको प्रदर्शनका कारण विहानैदेखि विद्यालय परिसरमा तनाव उत्पन्न भएको छ ।

प्रिन्सीपल पौडेलले भने आफूलाई फसाउन खोजिएको बताएका छन् ।

प्रतिक्रिया