नबिकेका हकप्रद सेयर लिलामीमा

पछिल्लो समयमा जारी भएका सेयरहरू खासगरी संस्थापकतर्फको हकप्रद सेयरहरू सबै बिक्न छाडेका छन् । हकप्रद सेयर जारी गर्दा नबिकेका सेयरहरू लिलामीमा राख्ने गरिन्छ । लिलामीमा राख्दा पनि धेरै जसो संस्थापक समूहका सेयरहरू बिक्री नभएको देखिन्छ । त्यसो त सर्वसाधारणको हकप्रद सेयरहरू पनि बिक्री नभएको अवस्था छ ।

सर्वसाधारणतर्फका सेयरहरू लिलाममा राख्दा बजार भाउको हाराहारीमा बिक्री हुने गरेका छन् । तर, संस्थापकहरूको नबिकेका हकप्रद सेयरहरू लिलामीमा राख्दासमेत बिक्री हुन छाडेका छन् । विभिन्न कम्पनीहरूले पुँजी वृद्धि गर्नका लागि जारी गर्ने गरेका हकप्रद सेयरहरू सबै बिक्री हुन छाडिसकेका छन् । हकप्रद सेयरहरू पनि बिक्री हुन छाडेकाले दोहो¥याइ–दोहो¥याइ लिलामीमा राख्ने गरिएको छ ।

पछिल्लो समयमा बैंक तथा वित्त कम्पनीहरूले थुप्रै हकप्रद सेयरहरू जारी गरिरहेका छन् । अहिले त बिमा कम्पनीहरूले पनि धमाधम हकप्रद सेयरहरू जारी गरिरहेका छन् । बैंक तथा वित्त कम्पनीहरूलाई नेपाल राष्ट्र बंैकले ०७१/७२ मौद्रिक नीतिमार्फत् पुँजी वृद्धिको निर्देशन दिएको थियो । यसकारणले बंैक तथा वित्त कम्पनीहरूले भारी मात्रामा हकप्रद सेयरहरू जारी गरे ।

थुप्रै कम्पनीहरूले थुप्रै हकप्रद सेयरहरू जारी गरेका कारणले धेरै जसो लगानीकर्ताहरूले हकप्रद सेयरहरू किन्न पँुजीको जोहो नै गर्न सकेनन् । यसकारणले पनि कतिपय कम्पनीहरूको सबै हकप्रद सेयरहरू बिक्री भएन । नबिकेका हकप्रद सेयरहरू कम्पनीले लिलामीमा राख्ने गरेका छन् ।

लिलामीमा राख्ने गरेका संस्थापकहरूको सेयरको परिमाण धेरै हुने र संस्थापकहरूले मात्र किन्न पाउने भएकाले पनि बिक्रीमा समस्या देखिएको हो कि, ? पहिलो चरणमा नबिकेको लिलामीको सेयरहरू दोस्रोपटक लिलामीमा राख्दा भने सर्वसाधारण लगानीकर्ताहरूले पनि किन्न पाउँछन । तर, पनि संस्थापक समूहको सेयरमा सर्वसाधारण लगानीकर्ताहरूको त्यति आकर्षण रहेको देखिँदैन ।

पछिल्लो समयमा थुप्रै कम्पनीहरूको हकप्रद सेयरहरू लिलामीमा राख्ने गरेका कारणले पनि संस्थापक समूहको हकप्रद सेयरहरू बिक्री नभएको सरोकारवालाहरू बताउँछन् । सबैजसो कम्पनीहरूले धमाधम हकप्रद सेयरहरू जारी गरिरहेका कारणले हकप्रद सेयर भर्न नसकिएको कतिपय संस्थापक सेयर धनीहरू तथा लगानीकर्ताहरूको भनाइ छ ।

संस्थापकहरूको सेयर पनि बढी मात्रामा हुने र एकै व्यक्तिको पनि दुई/चार कम्पनीहरूमा लगानी रहेका कारणले पनि संस्थापक सेयर धनीहरूलाई हकप्रद सेयर भर्न समस्या रहेको बताइन्छ । पछिल्लो समयमा सेयर बजार पनि राम्रो अवस्थामा नरहेको र संस्थापकहरूको सेयर बिक्री गर्न पनि झन्झटिलो हुने भएकाले पनि संस्थापकहरूको लिलामीको सेयरहरूमा त्यति आकर्षण नरहेको बताइन्छ ।

पछिल्लो समयमा एकातिर हकप्रद सेयरहरूको बाढी नै आइरहेको छ भने अर्कोतिर बजारको अवस्था त्यति सन्तोषजनक छैन । बैंकहरूको व्याजदर पनि बढिरहेकाले ऋण लिएर हकप्रद सेयर भर्न सक्ने अवस्था पनि नरहेको सरोकारवालाहरू बताउँछन् । संस्थापकहरूले पाउने भनेको वर्ष वर्षमा कम्पनीले दिने लाभांश नै हो ।

संस्थापकहरूको सेयरमा सर्वसाधारणहरूको सेयरको जस्तो भाउ पनि नपाउने र बिक्री गर्नुपर्दा पनि झन्झटिलो हुन्छ । आपूmलाई आवश्यक परेको वेला बिक्री पनि गर्न नसकिने र पछिल्लो समयमा पुँजी वृद्धिले गर्दा कम्पनीहरूको प्रति सेयर आम्दानी पनि घट्ने हो कि, भन्ने चिन्ता छ । यसले गर्दा पनि संस्थापकहरूको लिलामीको सेयरमा लगानीकर्ताहरूको त्यति चासो नदेखिएको हुनसक्छ ।

पछिल्लो समयमा एकातिर बैंक तथा वित्त कम्पनीहरूको प्रतिसेयर आम्दानी घट्दो छ भने बैंकहरूको व्याज भने बढिरहेको छ । संस्थापकहरूको हकप्रद सेयरमा थप लगानी गर्नभन्दा पनि बैंकमा राख्दा फाइदाजनक जस्तो देखिन्छ ।

यस कारण पनि संस्थापकहरूको हकप्रद सेयरप्रति लगानीकर्ताहरूले त्यति चासो नदेखाएका हुन् कि ? बैंकमा राख्दा जोखिम पनि त्यति नहुने र निश्चित् समयमा निश्चित व्याज पनि आइरहने कारणले लगानी कर्ताहरूको ध्यान त्यता पट्टि नगएको हुनसक्छ । कतिपय अवस्थामा बैंकबाट एक वर्षमा पाउने व्याज सेयर बजारबाट तीन महिनामै पनि कमाउन सकिने हुन्छ । सेयर बजार भनेको पनि व्यापार व्यवसाय हो यसमा कहिले नाफा त कहिले घाटा हुन्छ ।

पुँजी वृद्धि नीतिले सेयर धनीहरू मात्र नभएर कतिपय कम्पनीहरू पनि मारमा परेका छन् । एक त समयमा हकप्रद सेयरहरू नबिकेको कारणले समय थप्नु परिरहेको छ भने अर्कोतिर नबिकेका हकप्रद सेयरहरू बिक्री गर्नका लागि लिलामीमा जानु परिरहेको छ ।

एकातिर नेपाल राष्ट्र बैंकको पुँजी वृद्धि नीतिले एकातिर हकप्रद सेयरहरू नबिकेर कम्पनीहरूलाई अप्ठ्यारो पारेको छ भने अर्कातिर लगानीकर्ताहरू र सेयर बजारसँग सरोकार राख्नेहरूलाई समेत यसले नोक्सानी पारिरहेको छ । पुँजी वृद्धिका लागि कम्पनीहरूले धमाधम हकप्रद सेयरहरू जारी गरिरहेका कारण कतिपय संस्थापक सेयर धनीहरूलाई हकप्रद सेयर किन्नका लागि लगानीको जोहो गर्न समस्या पारेको छ ।

त्यस्तै, हकप्रद सेयरहरूको भारीले गर्दा सेयर बजारमा नकारात्मक प्रभाव पारेको छ । हकप्रद सेयरले गर्दा लगानीकर्ताहरूसँग सेयरको थुप्रो भएका कारणले उनीहरू सेयर किन्नेभन्दा पनि बिक्री गर्नतिर लागेका छन् । यही कारण बजारमा बिक्रीको चाप बढेको छ । जसले गर्दा सेयरको भाउमा समेत ओरालो लागेको छ । सेयरको भाउ घटेकाले लगानीकर्ताहरू मारमा छन् ।

यसकारणले पछिल्लो समयमा नेप्से ओरालो लागेको देखिन्छ । नेपाल राष्ट्र बैंकको पुँजी वृद्धि नीतिको कारणले सेयर बजार खरानी हुने अवस्थामा समेत पुग्न लागेको कतिपयको भनाइ रहेको पाइन्छ । पछिल्लो समयमा सेयर बजार डामाडोल हुनुको कारण पुँजी वृद्धिको नीति नै मुख्य हो । त्यसो त सेयर बजार ओरालो लाग्नुको कारण पुँजी वृद्धिलाई मात्र पनि मान्न नहुने कतिपयको भनाइ छ । यसमा विविध कारणहरू भएको उनीहरूको दाबी छ ।

प्रतिक्रिया