विश्वकपः सर्बियाले कोस्टारिकालाई १–० ले हरायो

एजेन्सी । विश्वकप फुटबल प्रतियोगितामा सर्बियाले विजयी सुरुवात गरेको छ। समूह ‘ई’ को पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई १–० गोलले पराजित गरेको हो।

खेलको ५६ औं मिनेटमा सर्बियाका खेलाडी अलेक्जेण्डर कोलारोभले गरेको गोल नै सर्बियाको जितमा निर्णायक बन्यो ।

पाँचौ पटक विश्वकपमा सहभागी कोस्टारिका सर्बियन टिमको तुलनामा सन्तुलित देखिए पनि प्रभाव पार्न सकेन । फिफा वरियतामा २३ औं स्थानमा रहेको कोस्टारिकालाई ३४ औं स्थानमा रहेको सर्बियाले हराएको छ ।

प्रतिक्रिया