काठमाडौँ, १० फागुन । वासु शशी स्मृति परिषद्ले कवि कृष्ण जोशीलाई ‘वासु शशी साहित्य सम्मान-२०७३’ र साहित्यकार रमा शर्मालाई ‘वासु शशी साहित्य सम्मान-२०७४’ प्रदान गर्ने निर्णय गरेको छ ।
दुवै स्रष्टाले नेपाली भाषा साहित्यको क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर योगदान पुर्याउँदै आएका छन् ।
यसैगरी कवि एवं आख्यानकार गोविन्द गिरी प्रेरणालाई ‘वासु शशी साहित्य पुरस्कार-२०७३’ र साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाललाई ‘वासु शशी साहित्य सम्मान-२०७४’ प्रदान गर्ने भएको छ । ती सम्मान र पुरस्कारको राशि जनही १५ हजार छ ।
परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमितिकोे बैठकले साहित्यकार जोशी, शर्मा, प्रेरणा र नेपाललाई पुरस्कार दिने निर्णय गरेको परिषद्का सचिव प्रद्युम्न जोशीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
कवि एवं नाटककार वासु शशीको ८२ औँ जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते सो पुरस्कार प्रदान गरिने भएको छ ।
प्रतिक्रिया