आलोकमा अस्मितालाई सम्मान

काठमाडौं । आलोक विद्याश्रमले सुटिङ खेलकी अन्तर्राष्ट्रिय खेलाडी अस्मिता राईलाई विद्यालयमा आयोजित एक कार्यक्रममा सम्मान गरेको छ । अस्मिताले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको तर्पmबाट चुनौती प्रस्तुत गरिसकेकी छिन् । यसै साता मात्रै पनि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बर्षको उत्कृष्ट खेलाडीको रूपमा पनि अस्मितालाई सम्मानित गरेको थियो ।
आलोक विद्याश्रमले विगतका वर्षझैँ यो वर्ष पनि उपत्यकाका विभिन्न विद्यालयको सहभागितामा नृत्य, गायन, कला र भेषभुषा लगायतका विधामा सहभागीबीच प्रतिस्पर्धा गराएको थियो । विजेतालाई सुटिङकी अस्मिता, ललितकलाकी प्राज्ञ सुष्माराज भण्डारी, गायिकाद्वय प्रास्ना पाण्डे र स्मिता घिमिरेले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

 

प्रतिक्रिया