भारतले च्याम्पिन्स ट्रफी र विश्वकप गुमाउन सक्ने

मुम्बई । भारतले सन् २०२१ को च्याम्पियन्स ट्रफी र सन् २०२३ को एकदिवसीय विश्वकप आयोजना गुमाउन सक्ने संकेत देखिएको छ । पछिल्लो समयमा भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) माथि कर छलीको आरोप लागेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पछिल्लोपटक आयोजनाको विकल्प खोजिरहेको बताइएको छ । यदि आइसिसीले आयोजना खोसेमा बिसिसिआईलाई ठूलो घाटा लाग्नेछ । आइसिसीको पछिल्लो निर्णयअनुसार भारतले दुई ठूला क्रिकेट प्रतियोगिता आयोजनाको मौका गुमाउने सम्भावना बढेको छ ।
भारतीय सरकारले बिसिसिआईमाथि आइसिसीबाट आएको फन्डको कर छली गरेको आरोप लगाइरहेको छ । त्यसको कारण पनि बिसिसिआईले सय मिलियन अमेरिकी डलर गुमाउने भएको छ । भारतमा सन् २०१६ मा भएको टी–२० विश्वकपको कर अझै बिसिसिआईले चुक्ता गरेको छैन । जसको कारण आइसिसीले २० देखि ३० मिलियन अमेरिकी डलर घाटा बेहोरेको थियो । सो बेला स्टार इन्डियाले आइसिसीको मिडिया अधिकार किनेबापत १० प्रतिशत कर तिरे पनि भारत सरकारले आइसिसीलाई रकम निकासाका लागि अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया