रिम र अर्जुनद्वारा पदबहाली


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाट र राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले बुधबार पदभार ग्रहण गरेका छन् ।

यसअघि रानाभाट राष्ट्रिय टिम तयारीका निर्देशक थिए भने विक तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकको जिम्मेवारीमा थिए । तेक्वान्दोका पूर्वखेलाडी तथा प्रशिक्षकसमेत रहेका विकको राष्ट्रिय टिममा आगमनले राष्ट्रिय टोलीको खेलस्तर वृद्धिमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया