नेपाली टोपी दिवस कतारको अलखोरमा मनाइयो

कतार, १ जनवरी । ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ पाँच वर्ष पहिला जागरुक युवा समूहको पहलमा सुरु भएको पाँचौ अन्तर्राष्ट्रिय नेपाली ढाका टोपी दिवस कतारको अलखोरमा मनाइएको छ ।

सोमबार नेपाली समय १२ बजेदेखि सुरु भएको कार्यक्रममा उपस्थितहरुले ढाका टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने, बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्ने र सबैभन्दा तलको समथर भागले तराईको प्रतिनिधित्व गर्ने भन्दै व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित गराएका थिए।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रुपमा मनाउँदै आएको युवाहरुको समूह जागरुक युवा अभियानले नेपालमा पाँच वर्षदेखि टोपी बचाउ अभियान चलाउँदै आएको छ ।

त्यस्तै बिदेशमा वस्ने नेपालीहरुले सामबारकै दिन ढाका टोपी लगाउँदै अन्तर्राष्ट्रिय टोपी दिवस कार्यक्रम गर्ने गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका प्रथम उपाध्यक्ष प्रेम प्रसाद भट्टराईले ढाका टोपी नेपालमा १५ औ सताब्दीमा बङ्गालबाट पाल्पाका राजा मुकुन्द सेनले नेपाल भित्र्याएको र त्यसलगत्तै काठमाडौं लगायत जिल्लामा भित्रिएको बताए ।

प्रतिक्रिया