अन्तिम बनोस् झापाको चियाबगान यातना


झापाको अर्जुनधारा नगरपालिका–११ स्थित गिरीबन्धु चिया बगानमा एक महिलामाथि गरिएको अमानवीय यातना बाहिर आएपछि नेपाली समाज शोकमा डुबेको छ । भाइसँग आफ्नो घर हिँडेकी युवतीलाई राजमार्गमै बाटो छेकेर बन्धक बनाउने, एकान्तमा लगेर पैसा लुटने, अनि निर्वस्त्र पारेर संवेदनशील अंग खेलाउँदै भिडियो बनाउनेजस्ता कुकर्म भएको यथार्थ प्रहरीले बाहिर ल्याएको छ ।

हिन्दी सिनेमामा समेत बिरलै देखिने दृष्यलाई नै बिर्साउने र मानवीय सभ्यतालाई चुनौती दिनेगरी भएको त्यो अपराधको जति निन्दा गरे पनि कम हुन्छ । एउटा महिला आफन्तसँग घर जाँदै गर्दा आफ्नै देशमा यसप्रकारको हिंसाको सिकार बन्नु सिंगो मानव सभ्यताकै लागि लज्जाको विषय हो । सत्ता जोगाउन आठ लाखभन्दा बढी यहुदीको नरसंहार गरेका क्रुर शासक हिटलरको यातना गृहलाई बिर्साउने कुकर्म झापाको चिया बगानभित्र भयो भन्ने सुन्दा आमनेपालीको शिर निहुरिएको छ । अनि कसैले कल्पना पनि गर्न नसकिने घटनाको सिकार बनेकी छन् एउटा निर्दाेष महिला ।

प्रहरीले अपराधमा संलग्न तीन मध्ये दुई अभियुक्त पक्राउ गरी घटना बारे भनेको छ, तीन जना अभियुक्तले पालैपालो युवतीको संवेदनशील अंगमा हात हाल्ने, घोच्ने, खेलाउने काम गरे । त्यति मात्र होइन उनीहरूले युवतीको छाती समाउने, माड्ने, चुस्ने जस्ता अमावनीय कार्यसमेत गर्न पछि परेनन् । आफूहरूले मात्रै नभई घर पु¥याउन हिँडेका भाइलाई समेत यस्तो कुकर्म गर्न बाध्य पारे । अनि दिदी–भाइबीच नै चुम्बन गर्न लगाए ।

यी सबै अपराधको भिडियो बनाएर पैसाको बार्गेनिङ सुरु गरे । प्रहरीले बाहिर ल्याएको यो तथ्यले हाम्रो युवापुस्ता कता जाँदै छ, देश बनाउने, सामाजिक उत्तरदायित्व बहन गर्नेतर्फ युवाहरू लागिरहेका छन् कि अत्यन्तै डरलाग्दो विकृतीको सिकार भएका छन् भन्ने तथ्य बुभ्mन झापाको यो घटना काफी छ । पैसाका लागि गरिएको यो हर्कत कुनै पनि दृष्टिकोणबाट क्षमा योग्य छैन । यसले नेपाली महिला अझै कति असुरक्षित छन् भन्ने पाटोलाई उजागर मात्र गरेको छैन, सबै सभ्यताको अगुवा नेपालमै कस्ता कुपात्रले जन्म लिइरहेका छन् भन्ने चित्र पनि बाहिर ल्याएको छ ।

घटना सार्वजनिक भएसँगै सबैले यही नै अन्तिम होस् भन्ने कामना गरिरहेका छन् । दिउँसै चिया बगानभित्र दिइएको यातना हत्याभन्दा डरलाग्दो छ । हत्या हुँदा क्षणभरमै प्राण जान्छ तर भाइको सामु नांगो पारेर गरिएको त्यो हर्कतबाट उनी धेरैपटक मरेकी छन् । भाइको चलाखीले प्रहरी घटनास्थलमै नपुग्दो हो त उनको अवस्था के हुनेथियो कसैले भन्न सक्ने अवस्था छैन । विनाकुनै अपराध यति ठूलो सजाय उनले पाएकी छन कि, उनी जीवनभर यसबाट बाहिर निस्कन सक्ने अवस्था छैन । प्रविधिको विकाससगै अपराधको नयाँनयाँ शैली सार्वजनिक हुन थालेको छ ।

पछिल्लोपटक झापामा एक महिलामाथि गरिएको अमानवीय व्यवहारको घटना सार्वजनिक भएपछि नेपाली समाज कता जाँदै छ भन्ने गम्भीर प्रश्न खडा भएको छ । नवनेपाल निर्माणको मूल आधार युवापुस्ता यो अपराधमा संलग्न भएका छन् । झापाको त्यो अपराध अब फेरि दोहोरिनु हुन्न । यसको लागि प्रहरी प्रशासनको भूमिकाले मात्रै पुग्दैन । हरेक बुबाआमाले पहिलो विश्वविद्यालय घरबाटै आफ्ना सन्तानलाई यसप्रकारको अपराधमा संलग्न नहुने वातावरण निर्माण गर्नुपर्छ ।

महिलामाथि सम्मानजनक व्यवहार गर्ने, आफ्नै आमा–दिदीबहिनी ठान्ने शिक्षा घरबाटै दिनुपर्छ । घरबाट यो अभियान सुरु भयो भने अब फेरि कुनै नेपाली चेलीले त्यो चिया बगानको पासविक यातनाको सामना गर्नुपर्ने छैन । यसतर्फ आजैबाट सबै नेपालीले सोच्न जरुरी छ । सबैको प्रयास भयो भने यही नै महिलामाथि हुने अमानवीय यानताको अन्तिम शृंखला हुनेछ । आशा गरौँ, नेपाली युवापुस्ता अब यस्तो अपराधमा संलग्न भएको कथा फेरि पढ्न पाइने छैन ।

प्रतिक्रिया