न्हुंछेनारायण श्रेष्ठ
संविधानबमोजिम तीनै चरणको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सरकारले पूरा गरिसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा सम्पन्न भई परिणामसमेत आइसकेको छ । निर्वाचन परिणामअनुसार नेकपा एमाले– माओवादी केन्द्रको वाम गठबन्धन पहिलो स्थानमा, नेपाली कांग्रेस दोस्रो स्थानमा छ । केही दिनअघि मात्रै निर्वाचन आयोगले सात वटै प्रदेशको समानुपातिकबाट राजनीतिक दलहरूले पाउने सिटहरूको समेत बाँडफाँट गरिसकेको छ र परिणाममा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
सम्पन्न निर्वाचनको परिणाम हेर्ने हो भने अब देशमा स्थिर सरकार निर्माण गर्न सकिने र सोका लागि वाम गठबन्धन अझ सशक्त, एकीकृत र संगठित भई अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । आमनेपाली नागरिकले स्थिरता र समृद्घि होस् भन्ने चाहेकै कारण पनि सम्पन्न निर्वाचनमा वाम गठबन्धनलाई स्थिर सरकार सञ्चालन गर्न देशलाई समृद्घि र विकासतर्फ अघि बढाउनका लागि आफ्ना मत जाहेर गरेको सत्य तथ्य हाम्रा अगाडि नै छ । विभिन्न आरोह–अवरोहबीचको वाम गठबन्धनलाई चुनावताका स्वदेशी तथा विदेशी तत्वहरूले गठबन्धन तुहाउने, तोड्ने कर्तुत नगरेका होइनन्, तर केपी ओली र पुष्पकमल दाहालबीचको आपसी एकता, वार्ता, संवाद र नेपालमा रहेका स–साना वाम पार्टीहरूलाई एउटैमा समाहित गर्दै वामपन्थीहरूको सरकार चलाउने मात्रै नभई एउटै पार्टी बनाउने र देशलाई उन्नति, प्रगति र समृद्घि र विकासतर्फ दोहो¥याउने महान् लक्ष्य र उद्देश्य लिई गरिएको गठबन्धनलाई चुनावको समयमा कुनै पनि शक्तिले रोक्न सकेन ।
वाम गठबन्धनको चुनावी नारा, चुनावी घोषणापत्र सकारात्मक भएको र केन्द्रदेखि स्थानीय गाउँ, वडास्तरसम्म बलियो संगठन र वाम घटक विशेष गरी नेकपा एमाले र माओवादी केन्द्रको एकापसमा सहयोग भएकै कारण निर्वाचनमा सफलता हात पार्न सकिएको हो । वाम गठबन्धनले दुईतिहाइको लक्ष्य राखेको थियो तर विविध कारणले गर्दा केही निर्वाचन क्षेत्रमा दुवै पार्टीका होनाहार उम्मेदवारहरूले हार व्यहोर्नुप¥यो । नेकपा एमालेका वामदेव गौतमदेखि माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठको हारले दुवै दललाई सोच्न बाध्य तुल्याइदिएको थियो । विशेष गरी ६० –४० प्रतिशतको सिट बाँडफाँट गरेका दुवै दलहरूले राजधानीलगायत कतिपय स्थानहरूमा स्थानीय नेताहरूलाई उम्मेदवार दिननसक्नु गलत थियो । काठमाडौंका दश वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरू खडा भइदिएका भए नेपाली कांग्रेसले धुलो चाट्न बाध्य हुने थियो, तर वाम गठबन्धनको गलत विश्लेषण र कमजोर उम्मेदवारका कारण माओवादीका उम्मेदवारहरूले हार व्यहोर्नुपरेको तथ्य हाम्रा अगाडि रहेकै छन् ।
नेपाली राजनीतिमा विभिन्न समयमा वाम गठबन्धन हुने र तोडिने क्रम नभएका होइनन् । पार्टीभित्र पदलोलुपताका कारण पार्टी धरासायी बनाउँंदै, आमनेता कार्यकर्ताको भावनाविपरीत पार्टी फुट्ने र फुटाउनेजस्ता घृणित खेल हुनु दुःखद विषय हो । नेपालमा च्याउसरी पार्टी हुनु र तिनमा पनि वामपन्थी दलहरू गुट–उपगुट हँुदै फुटको संघारमा रहनु सकारात्मक मान्न सकिँदैन । यसपटको आमनिर्वाचनमा थ्रेसहोल्डका कारण थोरै राजनीतिक दल मात्रै रहे । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकीकरण र निर्वाचनमा वाम गठबन्धन गर्ने विषयले विश्वमा नयाँ तरंग उत्पन्न गराएको थियो ।
कतिपयले यो गठबत्रन्धनलाई विश्वास गरेका थिएनन् । नेपाली कांग्रेसले त यो गठबन्धन तानाशाही भएको लगायत विभिन्न आरोप लगाएको थियो । वामपन्थी गठबन्धन भएको सूचना प्राप्त भएपछि नेपाली कांग्रेस पानीविनाको माछोजस्तै भएको थियो र राप्रापालगायत मधेसी दलहरूसँग चुनावकै लागि भए पनि लोकतान्त्रिक गठबन्धनको घोषणा त ग¥यो, तर निर्वाचनमा नराम्ररी हार व्यहोर्नुप¥यो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत अन्य कांग्रेसी नेताहरूले ०४८ सालकै पुरानो भाषण अगाडि सारीे वामपन्थीहरूले जिते तानाशाही आउने, खान लाउन, बोल्न हिँड्न नपाइनेजस्ता प्रचार गरे । यस्ता प्रचारलाई नेपाली नागरिकहरूले पत्याउन सकेका थिएनन् ।
वाम गठबन्धनले समाजवादसहितको साम्यवादको परिकल्पना गरेको र विगतमा वाम सरकारले राम्रो काम गरेको जनतालाई थाहा थियो । मनमोहन अधिकारीको पालामा आएको आफ्नै गाउँ आफैँ बनाऊँ कार्यक्रमले नेपालको विकास भएको जनतालाई थाहा थियो । वृद्घवृद्घालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको मात्रै होइन, तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ अन्त्य गर्ने जस्ता महत्वपूर्ण कार्य गरेका थिए । वामपन्थीका यस्ता कामका अगाडि नेपाली कांग्रेसले दुईतिहाइ बहुमतप्राप्त गर्दादेखि अहिलेसम्म कुनै उल्लेख्य काम गरेको उदाहरण पेस गर्न सकेको थिएन । त्यसैकारण र आमनागरिकले वाम गठबन्धनलाई विश्वास गरे । वाम गठबन्धनले निर्वाचनमा बाजी मा¥यो ।
०६४ सालमा भएको निर्वाचनमा वामपन्थी दल तत्कालीन एकीकृत माओवादी केन्द्रले प्रत्यक्षतर्फ बहुमतप्राप्त गरेको थियो । तर, समानुपातिकका कारण उनको बहुमत थिएन । एमालेको सहयोगमा वाम गठबन्धनको सरकार बनेको थियो । त्यसवेला प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले आवेगमा पशुपतिनाथका भट्टलाई हटाउने र तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटुवाललाई हटाउन खोज्दा अवरोध उत्पन्न भयो । अवरोध पन्छाउनभन्दा आफू बहुमतको सरकारमा छु भन्ने कुराको महसुसै नगरी उनले राजीनामा दिएका थिए । त्यसै वेलादेखि नेपालमा अस्थिर सरकार निर्माणको खेल सुरु भएको थियो । त्यसपछि बनेका सरकारमा समेत पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष, अप्रत्यक्ष रूपमा भूमिका रहिरह्यो र प्रधानमन्त्री बनाउने, गिराउने खेलको क्रममा उनको सहभागिता प्रायशः रहिरह्यो तर अहिले समय फेरिएको छ । वातावरण बिग्रर्नुमा कसको हात बढी रहेको छ भन्ने कुरा प्रचण्डलाई राम्रैसित थाहा भएको हुनुपर्दछ ।
उनको प्रत्यक्ष संलग्नतामा अहिले भएको वाम गठबन्धनले नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने चाहनालाई अब कसैले रोक्न सक्दैन भन्ने उद्गारहरू बाहिर आइरहेका छन् । ओलीले पनि त्यही भनिरहेका छन् तर यो वेला तिनै पार्टीका केही झुन्डहरूले पार्टी एकीकरण गर्न नदिने दिवास्वप्न देखिरहेका छन् र नेता–कार्यकर्तालाई भाँड्ने प्रपञ्च गरिरहेको समाचारहरू आइरहेका छन् । यदि त्यस्तो नियत हो भने दुवै पार्टीका शीर्षस्थ नेताहरूले तिनलाई त्यस्ता गतिविधिबाट अलग्याउनुप¥यो ।
दशकौँदेखिको जनताको बहुदलीय जनवादलाई संस्थागत गर्दै नेपालमा साम्यवादी शासन लागू गर्नका लागि अब प्रयास सुरु गर्नुपर्छ । वामपन्थीहरूको स्थायी सरकार गठन गरेर उत्पीडित, पिछडिएका, सीमान्तकृत, दलित, जनजाति, अल्पसंख्यकलगायत जनजातिको पक्षमा आवाज बुलन्द गर्दै आमनेपाली नागरिकलाई शिक्षा, स्वास्थ्य, सडक, भौतिक पूर्वाधारमा विकास गर्दै समृद्घ, सबल नवनेपाल निर्माण गर्नुपर्ने आवश्यकता छ । अहिलेको अवस्थामा देशलाई प्रगति, उन्नति र सही दिशामा अग्रसर गराउनका लागि पनि वाम सरकारको आवश्यकता छ । वाम गठबन्धनबीचको आपसी सम्बन्ध बिगारी देशमा अस्थिरता र अस्थिर सरकार निर्माणका लागि स्वदेश तथा विदेशका विभिन्न तत्वहरू सल्बलाएको खबर नआएका होइनन् । नेपाल र नेपालीको अपार मत प्राप्त गरी सरकार गठन र पार्टी एकीकरणमा रहेका दुवै दलका शीर्षस्थ नेताहरूले अब कुनै बहानामा यो अभियानलाई रोक्ने प्रयास गरिनुहुन्न ।
पछिल्लो समय वाम गठबन्धनलाई सरकार सञ्चालन गर्न र नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षमा बसेर खबरदारी गर्न म्यान्डेट दिएका हुन् । निर्वाचन आयोगले प्रतिनिधिसभाका समानुपातिकतर्फ निर्वाचित हुनेहरूको हालसम्म टुङ्गो लगाउन नसक्नु दुःखद विषय बन्न पुगेको छ । प्रतिनिधिसभा र प्रदेशसभा छुट्टाछुट्टै संवैधानिक निकाय हुन् । राष्ट्रिय सभा गठन अध्यादेशसँग कुनै सरोकार नरहेकोले निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचितहरूको टुंङ्गो लगाउन ढिला गर्नुहँुदैन ।
नेतृत्वप्रति अविश्वास गर्नुपर्ने कुनै कारण छैन तर यहाँ शीर्षस्थ नेताहरूबीच फाटो ल्याउने विभिन्न प्रयासहरू हुनु सकारात्मक मान्न सकिँदैन । दुई नेताबीच दुई–चार दिन संवाद नहँुदैमा पार्टी एकीकरण नहुने, सरकार नबन्ने भन्ने दिवास्वप्न कसैले नपाले हुन्छ । यी दुई नेताबीच फाटो ल्याउने, दरार सिर्जना गर्नेहरू कसरी सच्चा वामपन्थी हुन सक्दछन् ? सबैको ध्यान यी दुई नेताको विचारमा केन्द्रित रहेको अवस्थामा ओली र प्रचण्डले गतिरोध अन्त्य गर्दै सरकार निर्माण शघ्रातिशीघ्र गर्नु आवश्यक छ । जतिजति ढिलो हुँदै गयो त्यतित्यति नै राजनीतिक गाँठो कसिँदै जाने र अस्थिरताले जरो गाड्ने भएको हुँदा आममतदाताको जनमतको कदर गर्दै वाम गठबन्धनले चुनावको समयमा घोषणा गरेको घोषणापत्रलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।
वाम गठबन्धनलाई दिगो राखी सरकार निर्माण र एउटै पार्टी बनाउने महान् अभियानमा सबै वर्ग, लिङ्ग, जनजातिहरू एकजुट हुनुपर्ने वेला आएको छ । वाम गठबन्धन तोड्ने, फोड्ने तत्वहरूलाई खबरदारी गरौँ । वाम गठबन्धनभित्र रहेर पार्टी एकता गर्नुहुँदैन भन्नेलाई समयमै नेतृत्वले पार्टी कारबाही गरी आगामी सरकार वामपन्थी, देशभक्त र प्रजातन्त्रवादीहरूको बनाउने महान् लक्ष्यलाई साकार पार्दै कम्युनिस्ट आन्दोलनका अग्रणी कार्लमाक्र्स, लेनिन, पुष्पलाल, मनमोहनलगायत महान् योद्घाहरूको सपना साकार पार्नु नै अहिलेको आवश्यकता हो । नेपालको सन्दर्भमा आमनिर्वाचनबाट उल्लेख्य सिट पाएको वाम गठबन्धनले स्थायी सरकार सञ्चालन गरी विश्वसामु आफ्नो छुट्टै पहिचान प्रदर्शन गर्नुपर्ने आजको आवश्यकता छ । वाम एकताका पक्षमा सम्पूर्ण जनसमुदायले आवाज उठाउँदै वाम सरकार र पार्टी एकताका लागि नेतृत्वपंक्तिलाई दबाब दिनुपर्ने आजको आवश्यकता छ ।
प्रतिक्रिया