मध्यमाञ्चल र पश्चिमाञ्चल फाइनलमा

काठमाडौं । मध्यमाञ्चल र पश्चिमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १०औँ राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोमा भएको खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई २–० तथा पश्चिमाञ्चलले नेपाल प्रहरी क्लबलाई २–१ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरे ।

उक्त स्पर्धाको फाइनल मंगलबार हुनेछ । प्रतियोगितामा ३ विकास क्षेत्र (मध्यमाञ्चल, पूर्वाञ्चल र पश्चिमाञ्चल) तथा एक विभागीय टोली (प्रहरी) का ४४ खेलाडी सहभागी छन् ।  त्यसमा ३२ पुरुष र १२ महिला छन् । शनिबारसम्म चल्ने प्रतियोगितामा पुरुष÷महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

राखेप च्याम्पियनसिपको राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार औपचारिक उद्घाटन गरेपछि पहिलो प्रतियोगिताका रूपमा स्क्वास भएको हो । च्याम्पियनसिपमा विभिन्न २९ खेल समावेश छन् । मल्पी र साइपालको जितआयोजक मल्पी र साइपाल एकेडेमीले प्रथम मल्पी कप अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् । सौर्य समाचार  

प्रतिक्रिया